default_image

2 years ago

July 4, 2023

गुलशन र सन्दीपको कीर्तिमानी ब्याटिङमा आयरल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

476 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । नेपालका गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहे ।

सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो । यअअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर कुशल भुर्तेल र अर्जुन साउदले पहिलो विकेटका लागि ८.१ ओभरमा २७ रन बनाउँदै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर क्रेग योंगको बलमा कुशल भुर्तेल ८ रनमा समातिन पुगे । कुशलले १९ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा आउट भए । उनी क्रेग योंगको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाटनै क्याच आउट हुन पुगे ।

स्पिनर ग्यारेथ डेलानीको २६ औं ओभरको अन्तिम बलमा अर्जुन एलबीडब्लू आउट भएपछि अर्धशतकबाट चुकेका हुन् । अर्जुनले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाए । अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका थिए ।

रोहित कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भए । रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए । कुशल मल्ल ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रनमा क्याच आउट भए । उनी तीव्र गतिका बलर ब्यारी म्याकार्थीको बलमा मिडअफमा ह्यारी टेक्टरबाट समातिन पुगे ।

म्याकार्थीकै बलमा भीम सार्की २० रनमा समातिन पुगे । युएईलाई हराउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र आयरल्यान्डविरुद्ध भने खाता खोल्न नसकी आउट भए । दीपेन्द्र स्पिनर एन्डी म्याकर्बीको बल रिड गर्न नसक्दा दीपेन्द्र एलबीडब्लू आउटको शिकार बनेका थिए । करण केसी ४ रनमा आउट भए ।

आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.