2 years ago
July 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । योसँगै नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ ।
जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । पहिलो बलमा ग्यारेथी डेलानीले एक रन लिए । ब्यारी म्याकार्थीले दोस्रो बलमा थर्डमा चौका हान्दै खेल सकाए । डेलानी १६ र म्याकार्थी ४ रनमा नट आउट रहे ।
आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रनको योगदान दिए । त्यस्तै कर्टिस क्याम्फर ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रनमा आउट भए । स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा ह्यारी टेक्टरको क्याच किशोर महतोले लङअनमा ब्यक्तिगत २१ रनमा छाड्न पुगेका थिए । त्यो नेपाललाई भारी पर्यो ।
तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमा प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट भए । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि राम्रो सुरुवात गरेको हो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका किशोरको यो पहिलो विकेट हो ।
गुलशनले १२ औं ओभरको अन्तिम बलमा ओपनर पल स्टरलिङलाई १५ रनमा बोल्ड आउट गरे । उनी एज लागेर बोल्ड हन पुगेका थिए । स्टरलिङले २४ बलमा २ चौका प्रहार गरे । लोर्कान टकर २२ बलमा २ चौका र १ छक्कासहित २४ रनमा करण केसीको बलमा एलबीडब्लू आउट भए । जर्ज डोकरेल ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्याच आउट भए ।
नेपालका करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले एक विकेट लिए ।
त्यसअघि जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । नेपालका युवा अलराउन्डर गुलशन झाले ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त भएन ।
स्पिनर सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए । यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार मात्रै युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बलर क्रेग योंगको बलमा कुशल भुर्तेल ८ रनमा समातिन पुगेका थिए । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा आउट भए । लामो समयपछि मौका पाएका ज्ञानेन्द्रले त्यसलाई सदुपयोग गर्न सकेनन् । उनी युएईसँग १३ रनमा आउट भएका थिए । उनी क्रेग योंगको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाटनै क्याच आउट हुन पुगे ।
विकेटकिपर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाउँदै आउट भए। अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । रोहित कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भए । रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएका थिए ।
बायाँ हाते विष्फोटक ब्याटर कुशल मल्ल ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रनमा क्याच आउट भए । उनी तीव्र गतिका बलर ब्यारी म्याकार्थीको बलमा मिडअफमा ह्यारी टेक्टरबाट समातिन पुगे । म्याकार्थीकै बलमा भीम सार्की २०, करण केसी ४ र दीपेन्द्र डक आउट भए ।
आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।
नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं भएर अन्त्य गरेको छ । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]