default_image

1 year ago

July 4, 2023

१० टोली सहभागी प्रतियोगितामा नेपाल आठौं

191 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेर बाहिरिएको छ । सातौं स्थानको लागि आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्दै बाहिरिएको छ ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । समूह चरणमा नेपालको त्यो एकमात्रै जित थियो ।

जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन । नेपालले प्लेअफ खेलमा युएईलाई तीन विकेटले हराएको थियो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा श्रीलंकाले भारतमा हुने विश्वकपको टिकट पक्का गरेको छ । चार मध्य तीन टेस्ट टोली वेस्टइन्डिज, आयरल्यान्ड र जिम्बावे भने विश्वकपमा पुग्न सकेनन् । अव नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकपमा पुग्नेछन् ।

बिहीबार स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा स्कटल्यान्ड विजयी भएमा विश्वकपमा पुग्नेछ । तर स्कटल्यान्ड पराजित भएमा नेदरल्यान्ड्सको नेटरनरेटमा भरपर्नेछ । नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ र स्कटल्यान्डको ०.२६९ छ । स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.