default_image

1 year ago

July 5, 2023

चार मध्य तीन टेस्ट टोलीनै विश्वकपमा पुग्न सकेनन्

173 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोलीले नै विश्वकपमा स्थान बनाउन नसकी बाहिरिएका छन् । एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डको सानदार प्रदर्शनपछि दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न नसकेका हुन् ।

श्रीलंका विश्वकप २०२३ मा छनोटबाट पुग्ने एक मात्रै टेस्ट टोली बन्यो । आयरल्यान्ड समूह बी बाटै बाहिरिएको थियो । वेस्टइन्डिज र जिम्बावे सुपर सिक्सबाट बाहिरिएका हुन् । घरेलु टोली जिम्बावे अप्रत्याशित रुपमा बाहिरिन पुग्यो । जिम्बावे समूह चरणबाट ४ अंकका साथ सुपर सिक्समा आएको थियो । सुपर सिक्समा तीन मध्य दुई जित जिम्बावेलाई विश्वकपमा पुग्न पर्याप्त हुन्थ्यो ।

तर सुपर सिक्समा श्रीलंकासँग ९ विकेट र स्कटल्यान्डसँग ३१ रनले पराजित भएपछि विश्वकप सपना समाप्त भएको हो । त्यसअघि समूह चरणमा नेपाललाई ८ विकेट, नेदरल्यान्ड्सलाई ६ विकेट, वेस्टइन्डिजलाई ३५ रन र अमेरिकालाई ३ सय ४ रनले हराएको थियो ।

उता वेस्टइन्डिज दुई खेल अगावै बाहिरियो । सन् १९७५ र १७७९ को विश्वकप विजेता सुपर सिक्समा अंक विहीन हुँदै आएको थियो । समूह चरणमा नेपाललाई १ सय १ रन र अमेरिकालाई ३९ रनले हराएको थियो ।

तर यी दुबै टोली सुपर सिक्समा पुग्न नसकेपछि अंक विहीन हुँदै सुपर सिक्स खेल्नु परेको थियो । नेदरल्यान्ड्ससँग सुपर ओभर र जिम्बावेसँग ३५ रनको हार भारी पर्यो । सुपर सिक्समा वेस्टइन्डिज स्कटल्टल्यान्डसँग ७ विकेटले पराजित भएपछि दुई खेल अगावै बाहिरिएको हो ।

उता आयरल्यान्ड समूह चरणमा ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग एक विकेट, श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो । युएईलाई १ सय ३८ रनले हराएको थियो ।

प्लेअफमा अमेरिकालाई ६ विकेट र नेपाललाई २ विकेटले हराउँदै सातौं स्थानमा रहेर बाहिरियो । अव नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकप खेल्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.