default_image

2 years ago

July 5, 2023

चार मध्य तीन टेस्ट टोलीनै विश्वकपमा पुग्न सकेनन्

291 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोलीले नै विश्वकपमा स्थान बनाउन नसकी बाहिरिएका छन् । एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डको सानदार प्रदर्शनपछि दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न नसकेका हुन् ।

श्रीलंका विश्वकप २०२३ मा छनोटबाट पुग्ने एक मात्रै टेस्ट टोली बन्यो । आयरल्यान्ड समूह बी बाटै बाहिरिएको थियो । वेस्टइन्डिज र जिम्बावे सुपर सिक्सबाट बाहिरिएका हुन् । घरेलु टोली जिम्बावे अप्रत्याशित रुपमा बाहिरिन पुग्यो । जिम्बावे समूह चरणबाट ४ अंकका साथ सुपर सिक्समा आएको थियो । सुपर सिक्समा तीन मध्य दुई जित जिम्बावेलाई विश्वकपमा पुग्न पर्याप्त हुन्थ्यो ।

तर सुपर सिक्समा श्रीलंकासँग ९ विकेट र स्कटल्यान्डसँग ३१ रनले पराजित भएपछि विश्वकप सपना समाप्त भएको हो । त्यसअघि समूह चरणमा नेपाललाई ८ विकेट, नेदरल्यान्ड्सलाई ६ विकेट, वेस्टइन्डिजलाई ३५ रन र अमेरिकालाई ३ सय ४ रनले हराएको थियो ।

उता वेस्टइन्डिज दुई खेल अगावै बाहिरियो । सन् १९७५ र १७७९ को विश्वकप विजेता सुपर सिक्समा अंक विहीन हुँदै आएको थियो । समूह चरणमा नेपाललाई १ सय १ रन र अमेरिकालाई ३९ रनले हराएको थियो ।

तर यी दुबै टोली सुपर सिक्समा पुग्न नसकेपछि अंक विहीन हुँदै सुपर सिक्स खेल्नु परेको थियो । नेदरल्यान्ड्ससँग सुपर ओभर र जिम्बावेसँग ३५ रनको हार भारी पर्यो । सुपर सिक्समा वेस्टइन्डिज स्कटल्टल्यान्डसँग ७ विकेटले पराजित भएपछि दुई खेल अगावै बाहिरिएको हो ।

उता आयरल्यान्ड समूह चरणमा ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग एक विकेट, श्रीलंकासँग १ सय ३३ रनले पराजित भएको थियो । युएईलाई १ सय ३८ रनले हराएको थियो ।

प्लेअफमा अमेरिकालाई ६ विकेट र नेपाललाई २ विकेटले हराउँदै सातौं स्थानमा रहेर बाहिरियो । अव नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकप खेल्नेछन् ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.