default_image

2 years ago

July 5, 2023

८ वर्षपछि एसोसिएट टोलीले विश्वकप खेल्ने पक्का

305 views

0 Bookmark

एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागीता हुने पक्का भएकोछ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोली बाहिरिएपछि एक एसोसिएट टोलीको स्थान पक्का भएको हो ।

नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकप खेल्नेछन् । बिहीबार स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यदि उक्त खेलमा स्कटल्यान्ड विजयी भएमा ८ अंकका साथ सोझै विश्वकप खेल्नेछ । तर स्कटल्यान्ड पराजित भएको खण्डमा दुबै टोलीको समान ६ अंक हुनेछ । यो अवस्थामा नेदरल्यान्ड्स र स्कटल्यान्डको नेटरनरेट हेरिनेछ । नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ र स्कटल्यान्डको प्लस ०.२९६ छ ।

नेदरल्यान्ड्स विश्वकप खेल्न नेटरनरेट क्यालकुलेटर गरेर खेल्नु पर्ने हुन्छ । स्कटल्यान्ड झिनो अन्तरले पराजित हुँदा पनि विश्वकप खेल्ने सम्भावना देखिन्छ । उता श्रीलंका भने ८ अंकका साथ विश्वकपमा पुगि सकेको छ । एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डको सानदार प्रदर्शनपछि दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न सकेनन् ।

विश्वकप क्रिकेटमा २०१५ पछि एसोसिएट टोलीको सहभागीता रहनेछ । अष्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न उक्त विश्वकपमा आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र युएई गरि चार एसोसिएट टोलीले विश्वकप खेलेका थिए । आयरल्यान्ड र अफगानिस्तानले भने २०१८ देखि टेस्ट बनेका थिए ।

२०१९ मा इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा सबै टेस्ट टोलीको सहभागीता थियो । त्यो समय विश्वकप छनोटबाट वेस्टइन्डिज र अफगानिस्तान विश्वकपमा पुगेका थिए । २०१९ को छनोटबाट टेस्ट टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न सकेका थिएनन् ।

२०२७ देखी भने विश्वकपमा १४ टोलीको नै सहभागीता हुनेछ । २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबिया गरि तीन टोलीले आयोजना गर्नेछन् । यस विश्वकप छनोटमा भने नेपाल आठौं स्थानमा रहेर बाहिरिन पुग्यो ।

November 18, 2025

विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]

November 18, 2025

विराटनगरद्वारा पोखरालाई कीर्तिमानी लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]

November 18, 2025

पोखराले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]

Success

Thank you for your time.