default_image

1 year ago

July 5, 2023

कप्तान रुविना गृहनगरमा सम्मानित

150 views

0 Bookmark

मेचीनगर (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री बेलबासेलाई गृहनगरमा सम्मान गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले सम्मान गरेको हो ।

रोटरी क्लब अफ काँकरभिट्टाको १४ औँ पदस्थापन कार्यक्रमको अवसरमा उनलाई नगदसहित प्रतिभा सम्मान गरिएको क्लबका अध्यक्ष रूद्र मैनालीले जानकारी दिए ।

रुविनालाई कार्यक्रमका प्रमुख अतिथि रोटरीका डिजी विनोद कोइराला, अध्यक्ष मैनाली, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, प्रदेशसभाका पूर्वसदस्य श्रीप्रसाद मैनाली लगायतले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.