2 years ago
July 5, 2023
मेचीनगर (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री बेलबासेलाई गृहनगरमा सम्मान गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले सम्मान गरेको हो ।

रोटरी क्लब अफ काँकरभिट्टाको १४ औँ पदस्थापन कार्यक्रमको अवसरमा उनलाई नगदसहित प्रतिभा सम्मान गरिएको क्लबका अध्यक्ष रूद्र मैनालीले जानकारी दिए ।
रुविनालाई कार्यक्रमका प्रमुख अतिथि रोटरीका डिजी विनोद कोइराला, अध्यक्ष मैनाली, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, प्रदेशसभाका पूर्वसदस्य श्रीप्रसाद मैनाली लगायतले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]