default_image

2 years ago

July 5, 2023

नेपालले आयरल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण

333 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित हुन पुग्यो । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।

आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ६० र कर्टिस क्याम्फर ६२ रनको योगदान दिए । नेपालका करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । नेपालका गुलशन झाले सर्वाधिक ५७ रन बनाए ।

टेस्ट टोली आयरल्यान्डले नेपालविरुद्ध लक्ष्य पछ्याउन संघर्ष गरेपनि अन्तिम ओभरमा पुगेर जित हात पार्न सफल भयो । नेपालले आफ्नो इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउने दुर्लभ अवसर गुमाएको थियो । नेपालले आयरल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.स्कोर बोर्डमा ३० रन कम हुनु 

नेपालले पहिला ब्याटिङ गर्दै २ सय ६८ रन बनाएको थियो । तर टेस्ट टोली आयरल्यान्डलाई जित्न त्यो तुलनात्मक रूपमा स्कोर बोर्डमा कम रन थियो । नेपाललाई ३० रन जति कम भएको थियो ।

यदि नेपालले ३ सयको आसपासमा योगफल बनाउन सकेको भए आयरल्यान्डलाई मानसिक र स्कोरबोर्डको दबाबमा राख्न सक्थ्यो । स्कोर बोर्डको दबाबमा खराब सर्ट खेल्दै ब्याटर चाँडै आउट हुन सक्थे । अर्कोतर्फ नेपालको बलिङ राम्रो हुँदा बललाई दबाब कम हुन्थ्यो । बलरले एक दुई ओभर खराब गर्दा पनि खेलमा फर्किन सक्थे ।

४.टस हार्नु

नेपालले टस हार्नु अर्को हारको कारण हो । नेपालले पछिल्लो ६ महिनामा पहिला ब्याटिङ भन्दा लक्ष्य पछ्याउँदा धेरै राम्रो गर्दै आएको छ । नेपालले विश्वकप छनोटमा जितेका दुबै खेल लक्ष्य पछ्याउँदा थियो । नेपालले युएईलाई तीन विकेट र अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आफ्नै स्तरको टोली नेदरल्यान्ड्ससँग पहिला ब्याटिङ गर्दा नेपाल १ सय ६७ रनमै अल आउट भएको थियो । युएईविरुद्ध १ सय ८२ रनको लक्ष्य पछ्याउनेक्रममा ६३–६ को अवस्थाबाट खेल जितेको थियो । लक्ष्य पछ्याउँदा ब्याटर गणीतिय रूपमा हिसाब गरेर अघि बढ्न सक्छन् । तर पहिला ब्याटिङ गर्दा विशाल वा राम्रो योगफलको लोभमा ठूला सट खेल्दा विकेट गुम्ने गर्दछ । नेपालले लक्ष्य पछ्याएको भए सायद नतिजा अर्कै हुन सक्थ्यो ।

३.क्याम्फर र डोकरेलको साझेदारी तोड्न नसक्नु 

नेपाली बलरले राम्रो प्रदर्शन गरेपछि आयरल्यान्ड सुरुवात देखीनै दबाबमा परेको थियो । कुनै पनि ब्याटर खुलेर खेल्न सकेका थिएन् । आयरल्यान्डका प्रमुख ब्याटर ह्यारी टेक्टर आउट हुँदा आयरल्यान्ड २६ ओभरमा १३४-५ को अवस्थामा थियो ।

आयरल्यान्डको तुलनात्मक रूपमा तल्लोक्रम ब्याटिङ कमजोर छ । त्यसैले जर्ज डोकरेल र कर्टिस क्याम्फरको विकेट समयमै लिन सकेको भए आयरल्यान्डलाई उक्त लक्ष्य पूरा गर्न निकै कठिन पर्ने पक्का थियो । यी दुई ब्याटर पछि ग्यारेथ डेलानी, मार्क आदिर, ब्यारी म्याकार्थी र क्रेग योंग गरि सबै बलर थिए ।

दबाबमा यी बलर चाँडै आउट हुन सक्थे । तर छैटौं विकेटका लागि जर्ज डोकरेल र कर्टिस क्याम्फरले ८४ रनको साझेदारी गरे । उक्त साझेदारी नेपालको हारको एक कारण थियो । 

२.कमजोर फिल्डिङ

पुन नेपालको हारको कारण कमजोर फिल्डिङ रह्यो । २ सय ६८ रनको योगफल बचाउन टेस्ट टोलीविरुद्ध नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्नुपर्ने थियो । तर फिल्डिङमा नेपालले केहि रन आउट र क्याचको अवसर छाडेको थियो । किशोर महतोले ब्यक्तिगत २१ रनमा टेक्टरको क्याच लङअनमा छाड्न पुगेका थिए । 

टेक्टरले पछि ६० रनको महत्वपूर्ण इनिङ खेले । टेक्टर र लोर्कान टकरको तालमेल नमिल्दा एक समय नेपाललाई रन आउट गर्ने अवसर आएको थियो । तर टकरलाई नेपालले रन आउट गर्न सकेन ।

खेलमा नेपालले तीन पटक राम्रो रन आउटको अवसर आएको थियो । स्कोर बोर्डमा कम रन हुँदा फिल्डिङ निकै चुस्त हुनुपर्छ । सानो सानो मौकामा फाइदा उठाउनुपर्छ । नेपाल उक्त कार्य गर्न भने चुकेको थियो । 

 १.ठूलो इनिङको कमी 

नेपालका कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । गुलशन झा ५७, अर्जुन साउद ४८ र कुशल मल्लले ४४ रन बनाए । दीपेन्द्रसिंह ऐरीसहित नेपालले प्रमुख ७ ब्याटर खेलाएको थियो । ७ मध्य दुई ब्याटरले ठूलो इनिङ खेल्नुपर्ने थियो । अर्जुन र कुशल मल्लले पाएको सुरुवात ठूलो इनिङमा बदल्न सकेनन् । रोहितले पनि २९ रन बनाए पनि ठूलो इनिङमा बदल्न गर्न सकेनन् ।

शीर्षक्रमका चार मध्य एक ब्याटरको राम्रो प्रदर्शन बिना कुनै पनि टोलीलाई जित निकाल्न कठिन पर्दछ । तर नेपालका शीर्ष चार ब्याटर रोहित र अर्जुनलाई छाड्दा कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

कम्तिमा एक ब्याटरले एउटा ठूलो इनिङ खेलेको हुनुपर्छ । तर त्यो नेपाली ब्याटरबाट हुन सकेन । त्यसैको कारण विशाल योगफलमा पुग्न सकेको थिएन । 

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.