default_image

1 year ago

July 5, 2023

नेपालले आयरल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित हुन पुग्यो । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।

आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ६० र कर्टिस क्याम्फर ६२ रनको योगदान दिए । नेपालका करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । नेपालका गुलशन झाले सर्वाधिक ५७ रन बनाए ।

टेस्ट टोली आयरल्यान्डले नेपालविरुद्ध लक्ष्य पछ्याउन संघर्ष गरेपनि अन्तिम ओभरमा पुगेर जित हात पार्न सफल भयो । नेपालले आफ्नो इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउने दुर्लभ अवसर गुमाएको थियो । नेपालले आयरल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.स्कोर बोर्डमा ३० रन कम हुनु 

नेपालले पहिला ब्याटिङ गर्दै २ सय ६८ रन बनाएको थियो । तर टेस्ट टोली आयरल्यान्डलाई जित्न त्यो तुलनात्मक रूपमा स्कोर बोर्डमा कम रन थियो । नेपाललाई ३० रन जति कम भएको थियो ।

यदि नेपालले ३ सयको आसपासमा योगफल बनाउन सकेको भए आयरल्यान्डलाई मानसिक र स्कोरबोर्डको दबाबमा राख्न सक्थ्यो । स्कोर बोर्डको दबाबमा खराब सर्ट खेल्दै ब्याटर चाँडै आउट हुन सक्थे । अर्कोतर्फ नेपालको बलिङ राम्रो हुँदा बललाई दबाब कम हुन्थ्यो । बलरले एक दुई ओभर खराब गर्दा पनि खेलमा फर्किन सक्थे ।

४.टस हार्नु

नेपालले टस हार्नु अर्को हारको कारण हो । नेपालले पछिल्लो ६ महिनामा पहिला ब्याटिङ भन्दा लक्ष्य पछ्याउँदा धेरै राम्रो गर्दै आएको छ । नेपालले विश्वकप छनोटमा जितेका दुबै खेल लक्ष्य पछ्याउँदा थियो । नेपालले युएईलाई तीन विकेट र अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आफ्नै स्तरको टोली नेदरल्यान्ड्ससँग पहिला ब्याटिङ गर्दा नेपाल १ सय ६७ रनमै अल आउट भएको थियो । युएईविरुद्ध १ सय ८२ रनको लक्ष्य पछ्याउनेक्रममा ६३–६ को अवस्थाबाट खेल जितेको थियो । लक्ष्य पछ्याउँदा ब्याटर गणीतिय रूपमा हिसाब गरेर अघि बढ्न सक्छन् । तर पहिला ब्याटिङ गर्दा विशाल वा राम्रो योगफलको लोभमा ठूला सट खेल्दा विकेट गुम्ने गर्दछ । नेपालले लक्ष्य पछ्याएको भए सायद नतिजा अर्कै हुन सक्थ्यो ।

३.क्याम्फर र डोकरेलको साझेदारी तोड्न नसक्नु 

नेपाली बलरले राम्रो प्रदर्शन गरेपछि आयरल्यान्ड सुरुवात देखीनै दबाबमा परेको थियो । कुनै पनि ब्याटर खुलेर खेल्न सकेका थिएन् । आयरल्यान्डका प्रमुख ब्याटर ह्यारी टेक्टर आउट हुँदा आयरल्यान्ड २६ ओभरमा १३४-५ को अवस्थामा थियो ।

आयरल्यान्डको तुलनात्मक रूपमा तल्लोक्रम ब्याटिङ कमजोर छ । त्यसैले जर्ज डोकरेल र कर्टिस क्याम्फरको विकेट समयमै लिन सकेको भए आयरल्यान्डलाई उक्त लक्ष्य पूरा गर्न निकै कठिन पर्ने पक्का थियो । यी दुई ब्याटर पछि ग्यारेथ डेलानी, मार्क आदिर, ब्यारी म्याकार्थी र क्रेग योंग गरि सबै बलर थिए ।

दबाबमा यी बलर चाँडै आउट हुन सक्थे । तर छैटौं विकेटका लागि जर्ज डोकरेल र कर्टिस क्याम्फरले ८४ रनको साझेदारी गरे । उक्त साझेदारी नेपालको हारको एक कारण थियो । 

२.कमजोर फिल्डिङ

पुन नेपालको हारको कारण कमजोर फिल्डिङ रह्यो । २ सय ६८ रनको योगफल बचाउन टेस्ट टोलीविरुद्ध नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्नुपर्ने थियो । तर फिल्डिङमा नेपालले केहि रन आउट र क्याचको अवसर छाडेको थियो । किशोर महतोले ब्यक्तिगत २१ रनमा टेक्टरको क्याच लङअनमा छाड्न पुगेका थिए । 

टेक्टरले पछि ६० रनको महत्वपूर्ण इनिङ खेले । टेक्टर र लोर्कान टकरको तालमेल नमिल्दा एक समय नेपाललाई रन आउट गर्ने अवसर आएको थियो । तर टकरलाई नेपालले रन आउट गर्न सकेन ।

खेलमा नेपालले तीन पटक राम्रो रन आउटको अवसर आएको थियो । स्कोर बोर्डमा कम रन हुँदा फिल्डिङ निकै चुस्त हुनुपर्छ । सानो सानो मौकामा फाइदा उठाउनुपर्छ । नेपाल उक्त कार्य गर्न भने चुकेको थियो । 

 १.ठूलो इनिङको कमी 

नेपालका कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । गुलशन झा ५७, अर्जुन साउद ४८ र कुशल मल्लले ४४ रन बनाए । दीपेन्द्रसिंह ऐरीसहित नेपालले प्रमुख ७ ब्याटर खेलाएको थियो । ७ मध्य दुई ब्याटरले ठूलो इनिङ खेल्नुपर्ने थियो । अर्जुन र कुशल मल्लले पाएको सुरुवात ठूलो इनिङमा बदल्न सकेनन् । रोहितले पनि २९ रन बनाए पनि ठूलो इनिङमा बदल्न गर्न सकेनन् ।

शीर्षक्रमका चार मध्य एक ब्याटरको राम्रो प्रदर्शन बिना कुनै पनि टोलीलाई जित निकाल्न कठिन पर्दछ । तर नेपालका शीर्ष चार ब्याटर रोहित र अर्जुनलाई छाड्दा कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

कम्तिमा एक ब्याटरले एउटा ठूलो इनिङ खेलेको हुनुपर्छ । तर त्यो नेपाली ब्याटरबाट हुन सकेन । त्यसैको कारण विशाल योगफलमा पुग्न सकेको थिएन । 

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.