default_image

2 years ago

July 5, 2023

नेपाली क्रिकेटमा तीन टोली अपराजित च्याम्पियन बनेको संयोग

349 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो चार महिनामा नेपाली क्रिकेटका तीन टोलीले अपराजित बन्दै अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । नेपाली यू१६ टोलीले मंगलबार एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो ।

नेपालको यू-१६, यू-१९ हुँदै सिनियर टोलीले अपराजित रहँदै उपाधि जितेको संयोग बनेको हो । नेपाली यू-१९ क्रिकेट टोलीले गत फागुनमा युएईमा सम्पन्न आइसिसी विश्वकप एसिया क्षेत्र छनोटमा अपराजित रहँदै उपाधि जितेको थियो ।

उक्त यू-१९ विश्वकप छनोटमा नेपाल ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै उपाधि जितेको थियो । उपाधिका साथ नेपाल ८ वर्षपछि २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाएको थियो ।

उक्त प्रतियोगितामा नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रन, तेस्रो खेलमा हङकङलाई ९ विकेट, चौथो खेलमा मलेसियालाई १० विकेट र अन्तिम खेलमा युएईलाई ७ रनले हराएको थियो ।

निर्णायक खेलमा युएईविरुद्ध नेपालले अविश्वसनीय जित हात पारेको थियो । युएईलाई जितको लागि अन्तिम १८ बलमा ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै नेपालको विश्वकप सपना पूरा गरेका थिए ।

नेपालको सिनियर टोलीले गत वैशाखमा घरेलु मैदान टियुमा उपाधि जितेको थियो । नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन, कतारलाई ६८ रनले हराउँदा साउदी अरेवियासँग वर्षाको कारण खेल हुन सकेको थिएन । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाले रद्द हुँदा फाइनलमा युएईलाई हराएको थियो ।

उपाधि जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग भेट पक्का गरेको थियो । नेपालले आगमी अक्टोबर नोभेम्बरमा एसिया कप खेल्नेछ । यता यू१६ टोलीले नेपालले मंगलबार इस्ट जोनको उपाधि जित्यो ।

समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको थियो ।

फाइनलमा मलेसियालाई हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो । नेपालका कुनैपनि टोलीले एक खेल हारेनन् । सबै टोली अपराजित रहँदै च्याम्पियन बनेका हुन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.