default_image

8 months ago

July 5, 2023

सन्दीप र करणको वरियता सुधार, पाँच नेपाली खेलाडीको घट्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियतामा सुधार गरेका छन् । कप्तान रोहित पौडेलसहित पाँच खेलाडीको भने वरियता खस्किएको छ । ओडिआई वरियताको ब्याटिङतर्फ नेपालका रोहित पौडेल एक स्थान घटेर ७३ औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेखको […]

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियतामा सुधार गरेका छन् । कप्तान रोहित पौडेलसहित पाँच खेलाडीको भने वरियता खस्किएको छ ।

ओडिआई वरियताको ब्याटिङतर्फ नेपालका रोहित पौडेल एक स्थान घटेर ७३ औं स्थानमा पुगेका छन् । ओपनर आसिफ शेखको वरियता चार स्थान घट्दै ७७ औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ शीर्ष १ सय वरियतामा नेपालका दुई खेलाडी मात्रै छन् ।

ओडिआईको बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै २४ औं स्थानमा छन् । सन्दीप भन्दापछि भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९ औं, महेश थिक्सेना ३२ औं र युजभेन्द्र चहल ४४ औं स्थानमा छन् ।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता ५ स्थान खस्किदै ६२ औं मा पुगेका छन् । सोमपाल कामीको दुई स्थान घट्दा ७८ औं स्थानमा छन् । करण केसीले भने दुई स्थान सुधार गर्दै ८७ औं स्थानमा छन् । ललित नारायण राजवंशीको पनि वरियता घट्दै ९९ औं स्थानमा पुगेका छन् ।

आइसिसीले जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडीको वरियता सार्वजनिक गरेको हो । टिमतर्फ वरियता भने आइसिसीले सार्वजनिक गरेको छैन । नेपाल ओडिआईमा १४ औं र टि२० आईमा १७ औं स्थानमा छ ।

February 25, 2024

लिग-२ मा नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्समाथि ८ विकेटको जित दर्ता गरेको हो । नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि सिरिजको पहिलो […]

February 25, 2024

प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी समूह ए मा रहेका छन् । समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका […]

February 25, 2024

नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससमक्ष १ सय ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक […]

Success

Thank you for your time.