default_image

1 year ago

July 6, 2023

विश्वकपमा पुग्न नेदरल्यान्ड्स र स्कटल्यान्ड भिड्दै

220 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्स खेलमा विश्वकपमा पुग्न आज नेदरल्यान्ड्स र स्कटल्यान्डले निर्णायक खेल खेल्दैछन् । दुई एसोसिएट टोलीबीचको महत्वपूर्ण खेल १२ : ४५ मा बुलावायोमा सुरु हुनेछ ।

आजको विजेता टोली विश्वकपमा पुग्ने समिकरण छ । स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

स्कटल्यान्ड विजयी हुँदा ८ अंकका साथ विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा नेनरनरेटमा माथि रहँदै विश्वकपमा पुग्ने देखिन्छ । नेदरल्यान्ड्सको जितको अन्तर भने केहि फराकिलो हुनुपर्छ । अन्यथा नेदरल्यान्ड्स जितको बाबजुद विश्वकपमा नपुग्न सक्छ ।

नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०९९ र स्कटल्यान्डको प्लस ०.२६९ छ । नेदरल्यान्ड्स विश्वकपमा पुग्न झिनो अन्तर भने पर्याप्त नहुनसक्छ ।

स्कटल्यान्ड चौथो पटक विश्वकपमा पुग्न चाहन्छ । स्कटल्यान्डले १९९९, २००७ र २०१५ मा एकदिवसीय विश्वकप खेलेको थियो । नेदरल्यान्ड्सले १९९६, २००३, २००७ र २०११ मा विश्वकप खेलेको थियो । नेदरल्यान्ड्स १२ वर्ष र स्कटल्यान्ड ८ वर्षपछि विश्वकप खेल्ने सोचमा छन् ।

स्कटल्यान्डले समूह चरणमा आयरल्यान्डलाई एक विकेट, युएईलाई १ सय ११ र ओमानलाई ७६ रनले पराजित गरेको थियो । श्रीलंकासँग ८२ रनले पराजित भएको थियो । सुपर सिक्समा जिम्बावेलाई ३१ रन र वेस्टइन्डिजलाई ७ विकेटले हराउँदै विश्वकप नजिक पुगेको हो ।

उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो । सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो ।

स्कटल्यान्डका क्रिस सोल र ब्रेन्डन म्याकमुलेनको तीव्र गतिको बलरको जोडीले सानदार प्रदर्शन गरेका छन् । जिम्बावे र वेस्टइन्डिजलाई हराउन यी दुई बलरले सानदार प्रदर्शन गरेका थिए । क्रिस सोल प्रतिघण्टा १ सय ५० को रफ्तारमा बलिङ गर्ने गर्दछन् ।

उनीको गति नेदरल्यान्ड्सका ब्याटरलाई निराश बनाउन सक्छ । म्याकमुलेनले पनि नयाँ बलका साथ सानदार प्रदर्शन गर्दै आएका छन् । यी दुई बलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । म्याकमुलेन अलराउन्डर हुन् । तेस्रो नम्बरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनले ओमानविरुद्ध १ सय ३६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यस्तै वेस्टइन्डिजसँग ६९ र जिम्बाबेविरुद्ध ३४ रन जोडेका थिए । स्कटल्यान्ड उनीबाट त्यस्तै म्याच विनिङ अलराउन्ड प्रदर्शन चाहन्छ । तेस्रो तीव्र गतिका बलरमा शफ्यान शरिफ हुनेछन् ।

म्याथ्यु क्रस, रिची बेरिंग्टन र जर्ज मुन्शे जस्ता अनुभवी ब्याटरले स्कटल्यान्डको ब्याटिङ मजबुत बनेको छ । तल्लोक्रममा क्रिस ग्रेभ्स, माइकल लिस्क र मार्क वाट हुनेछन् । लिस्क स्कटल्यान्डका फिनिसर हुन् । स्पिनर मार्क वाट र क्रिस ग्रेभ्सको जोडीले पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।

उता नेदरल्यान्ड्सको तीव्र गतिको बलिङ आक्रामण त्यतिनै उत्कृष्ट छ । लोगन भान बिक र रायन केलिनबाट सानदार सुरुवात चाहन्छ । यी दुई बलरले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

वेस्टइन्डिजले प्रस्तुत गरेको ३ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा खेल टाई बनाउन बिक हिरो बनेका थिए । उनले सुपर ओभरमा जेसन होल्डरलाई ३० रन प्रहार गरेका थिए । नेदरल्यान्ड्सको ब्याटिङ मुख्य हतियार हुन् ।

ओपनर विक्रमजित सिंह, म्याक्स ओडाउड, वेस्ली ब्यारेसी र स्कट एडवार्ड्स जस्ता भरपर्दा ब्याटर टोलीमा छन् । विक्रमजितले पछिल्लो खेलमा ओमानविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । उनीबाट त्यो प्रदर्शन चाहन्छ । म्याक्स ओडाउड आक्रामक ब्याटर हुन् । ब्यारेसी टोलीका अनुभवी ब्याटर हुन् ।

स्कट एडवार्ड्स पछिल्ला चार इनिङमा ६७, ६७, ६७ र ४ रनमा आउट भएका छन् । बास डि लिडे, तेजा निडामानिरु, सकिब जुलफिकर र भान बिकले गर्दा ब्याटिङ उत्कृष्ट छ ।

तेजा स्कटल्यान्डलाई हराउन नायक बन्नसक्छन् । भारतीय मुलका तेजाले नेदरल्यान्ड्सबाट फिनिसरको काम गर्दै आएका छन् । वेस्टइन्डिजलाई हराउन उनले शतक हानेका थिए । नेदरल्यान्ड्सको स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर छ ।

यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ओडिआईमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच कुल ११ खेल भएको छ । जसमा स्कटल्यान्ड ७ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । पछिल्ला पाँच भेटमा स्कटल्यान्ड ४ खेलमा विजयी भएको छ ।

यी दुई एसोसिएट टोलीको सानदार प्रदर्शनको कारण तीन टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र वेस्टइन्डिज विश्वकपमा पुग्न सकेनन् । श्रीलंका भने विश्वकपमा पुगेको छ । अव विश्वकपमा पुग्ने टोलीले उपाधिको लागि श्रीलंकासँग खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.