default_image

2 years ago

July 6, 2023

विश्वकपमा पुग्न नेदरल्यान्ड्स र स्कटल्यान्ड भिड्दै

373 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्स खेलमा विश्वकपमा पुग्न आज नेदरल्यान्ड्स र स्कटल्यान्डले निर्णायक खेल खेल्दैछन् । दुई एसोसिएट टोलीबीचको महत्वपूर्ण खेल १२ : ४५ मा बुलावायोमा सुरु हुनेछ ।

आजको विजेता टोली विश्वकपमा पुग्ने समिकरण छ । स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

स्कटल्यान्ड विजयी हुँदा ८ अंकका साथ विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा नेनरनरेटमा माथि रहँदै विश्वकपमा पुग्ने देखिन्छ । नेदरल्यान्ड्सको जितको अन्तर भने केहि फराकिलो हुनुपर्छ । अन्यथा नेदरल्यान्ड्स जितको बाबजुद विश्वकपमा नपुग्न सक्छ ।

नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०९९ र स्कटल्यान्डको प्लस ०.२६९ छ । नेदरल्यान्ड्स विश्वकपमा पुग्न झिनो अन्तर भने पर्याप्त नहुनसक्छ ।

स्कटल्यान्ड चौथो पटक विश्वकपमा पुग्न चाहन्छ । स्कटल्यान्डले १९९९, २००७ र २०१५ मा एकदिवसीय विश्वकप खेलेको थियो । नेदरल्यान्ड्सले १९९६, २००३, २००७ र २०११ मा विश्वकप खेलेको थियो । नेदरल्यान्ड्स १२ वर्ष र स्कटल्यान्ड ८ वर्षपछि विश्वकप खेल्ने सोचमा छन् ।

स्कटल्यान्डले समूह चरणमा आयरल्यान्डलाई एक विकेट, युएईलाई १ सय ११ र ओमानलाई ७६ रनले पराजित गरेको थियो । श्रीलंकासँग ८२ रनले पराजित भएको थियो । सुपर सिक्समा जिम्बावेलाई ३१ रन र वेस्टइन्डिजलाई ७ विकेटले हराउँदै विश्वकप नजिक पुगेको हो ।

उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो । सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो ।

स्कटल्यान्डका क्रिस सोल र ब्रेन्डन म्याकमुलेनको तीव्र गतिको बलरको जोडीले सानदार प्रदर्शन गरेका छन् । जिम्बावे र वेस्टइन्डिजलाई हराउन यी दुई बलरले सानदार प्रदर्शन गरेका थिए । क्रिस सोल प्रतिघण्टा १ सय ५० को रफ्तारमा बलिङ गर्ने गर्दछन् ।

उनीको गति नेदरल्यान्ड्सका ब्याटरलाई निराश बनाउन सक्छ । म्याकमुलेनले पनि नयाँ बलका साथ सानदार प्रदर्शन गर्दै आएका छन् । यी दुई बलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । म्याकमुलेन अलराउन्डर हुन् । तेस्रो नम्बरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनले ओमानविरुद्ध १ सय ३६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यस्तै वेस्टइन्डिजसँग ६९ र जिम्बाबेविरुद्ध ३४ रन जोडेका थिए । स्कटल्यान्ड उनीबाट त्यस्तै म्याच विनिङ अलराउन्ड प्रदर्शन चाहन्छ । तेस्रो तीव्र गतिका बलरमा शफ्यान शरिफ हुनेछन् ।

म्याथ्यु क्रस, रिची बेरिंग्टन र जर्ज मुन्शे जस्ता अनुभवी ब्याटरले स्कटल्यान्डको ब्याटिङ मजबुत बनेको छ । तल्लोक्रममा क्रिस ग्रेभ्स, माइकल लिस्क र मार्क वाट हुनेछन् । लिस्क स्कटल्यान्डका फिनिसर हुन् । स्पिनर मार्क वाट र क्रिस ग्रेभ्सको जोडीले पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।

उता नेदरल्यान्ड्सको तीव्र गतिको बलिङ आक्रामण त्यतिनै उत्कृष्ट छ । लोगन भान बिक र रायन केलिनबाट सानदार सुरुवात चाहन्छ । यी दुई बलरले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

वेस्टइन्डिजले प्रस्तुत गरेको ३ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा खेल टाई बनाउन बिक हिरो बनेका थिए । उनले सुपर ओभरमा जेसन होल्डरलाई ३० रन प्रहार गरेका थिए । नेदरल्यान्ड्सको ब्याटिङ मुख्य हतियार हुन् ।

ओपनर विक्रमजित सिंह, म्याक्स ओडाउड, वेस्ली ब्यारेसी र स्कट एडवार्ड्स जस्ता भरपर्दा ब्याटर टोलीमा छन् । विक्रमजितले पछिल्लो खेलमा ओमानविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । उनीबाट त्यो प्रदर्शन चाहन्छ । म्याक्स ओडाउड आक्रामक ब्याटर हुन् । ब्यारेसी टोलीका अनुभवी ब्याटर हुन् ।

स्कट एडवार्ड्स पछिल्ला चार इनिङमा ६७, ६७, ६७ र ४ रनमा आउट भएका छन् । बास डि लिडे, तेजा निडामानिरु, सकिब जुलफिकर र भान बिकले गर्दा ब्याटिङ उत्कृष्ट छ ।

तेजा स्कटल्यान्डलाई हराउन नायक बन्नसक्छन् । भारतीय मुलका तेजाले नेदरल्यान्ड्सबाट फिनिसरको काम गर्दै आएका छन् । वेस्टइन्डिजलाई हराउन उनले शतक हानेका थिए । नेदरल्यान्ड्सको स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर छ ।

यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ओडिआईमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच कुल ११ खेल भएको छ । जसमा स्कटल्यान्ड ७ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । पछिल्ला पाँच भेटमा स्कटल्यान्ड ४ खेलमा विजयी भएको छ ।

यी दुई एसोसिएट टोलीको सानदार प्रदर्शनको कारण तीन टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र वेस्टइन्डिज विश्वकपमा पुग्न सकेनन् । श्रीलंका भने विश्वकपमा पुगेको छ । अव विश्वकपमा पुग्ने टोलीले उपाधिको लागि श्रीलंकासँग खेल्नेछ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.