2 years ago
July 6, 2023
एजेन्सी – भारतमा हुने एकदिवसीय विश्वकप सुरु हुन तीन महिना बाँकी रहँदा बंगलादेशका ओडिआई कप्तान तमिम इकबालले सन्न्यासको घोषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिहीबार सन्न्यासको घोषणा गरेका छन् ।

चट्टोग्राममा एक पत्रकार सम्मेलन गर्दै भावुक रुपमा सन्न्यासको घोषणा गरेका छन् । योसँगै १६ वर्षदेखीको अन्तर्राष्ट्रिय क्रिकेट करिअर उनले सकाएका छन् । पहिलो ओडिआई खेलमा घरेलु टोली बंगलादेश बुधबार अफगानिस्तानसँग पराजित भएको अर्को दिन तमिमले सन्न्यासको घोषणा गरेका हुन् ।
३४ वर्षीय तमिमले बंगलादेशबाट ७० टेस्ट, २ सय ४१ ओडिआई र ७८ ठि२० आई खेल खेलेका छन् । टेस्टमा उनले १० शतक र ३१ अर्धशतकसहित ५ हजार १ सय ३४ रन बनाएका छन् ।
ओडिआईमा १४ शतक र ५६ अर्धशतकसहित कुल ८ हार ३ सय १३ रन बनाएका छन् । उनले २०१५ मा पाकिस्तानविरुद्ध टेस्ट खेलमा २ सय ६ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
उनले २००७ मा बंगलादेशको टोलीबाट डेब्यू गरेका थिए । टि२० आईमा भने उनले गतवर्ष नै सन्न्यास लिएका थिए । तमिमले २०२१ को एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए । उनले इपिएलमा ५ खेलमा ६८ रन बनाएका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]