default_image

1 year ago

July 6, 2023

विश्वकप सुरु हुनु तीन महिना अघि बंगलादेशका कप्तानको सन्न्यास

99 views

0 Bookmark

एजेन्सी – भारतमा हुने एकदिवसीय विश्वकप सुरु हुन तीन महिना बाँकी रहँदा बंगलादेशका ओडिआई कप्तान तमिम इकबालले सन्न्यासको घोषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिहीबार सन्न्यासको घोषणा गरेका छन् ।

चट्टोग्राममा एक पत्रकार सम्मेलन गर्दै भावुक रुपमा सन्न्यासको घोषणा गरेका छन् । योसँगै १६ वर्षदेखीको अन्तर्राष्ट्रिय क्रिकेट करिअर उनले सकाएका छन् । पहिलो ओडिआई खेलमा घरेलु टोली बंगलादेश बुधबार अफगानिस्तानसँग पराजित भएको अर्को दिन तमिमले सन्न्यासको घोषणा गरेका हुन् ।

३४ वर्षीय तमिमले बंगलादेशबाट ७० टेस्ट, २ सय ४१ ओडिआई र ७८ ठि२० आई खेल खेलेका छन् । टेस्टमा उनले १० शतक र ३१ अर्धशतकसहित ५ हजार १ सय ३४ रन बनाएका छन् ।

ओडिआईमा १४ शतक र ५६ अर्धशतकसहित कुल ८ हार ३ सय १३ रन बनाएका छन् । उनले २०१५ मा पाकिस्तानविरुद्ध टेस्ट खेलमा २ सय ६ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

उनले २००७ मा बंगलादेशको टोलीबाट डेब्यू गरेका थिए । टि२० आईमा भने उनले गतवर्ष नै सन्न्यास लिएका थिए । तमिमले २०२१ को एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए । उनले इपिएलमा ५ खेलमा ६८ रन बनाएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.