default_image

2 years ago

July 6, 2023

नेदरल्यान्ड्सविरुद्ध म्याकमुलेनको अर्धशतक

167 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्डले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्सविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेको छ । जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ ।

स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेन ६६ बलमा ५ चौका र २छक्कासहित ५४ रनमा क्रिजमा छन् । उनलाई कप्तान रिची बेरिंग्टनले ७ रनमा साथ दिएका छन् । तीव्र गतिका बलर लोगन भान बिकले पहिलो ओभरको चौथो बलमा ओपनर म्याथ्यु क्रसलाई शून्यमा बोल्ड आउट गरे ।

दोस्रो विकेटका लागि म्याकमुलेन र क्रिस म्याकब्राइडले ४५ रनको साझेदारी गरेका थिए । म्याकब्राइड बास डि लिडेको सर्ट बलमा पुल खेल्ने धुनमा सर्ट मिडविकेटमा ३२ रनमा बीकबाट क्याच आउट भए । उनले ३६ बलमा ६ चौका प्रहार गरे ।

लिडेकै बलमा जर्ज मुन्शे गल्भ्समा एज लाग्दै विकेटकिपर तथा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भए । स्कटल्यान्ड यस खेलमा विजयी भएमा सोझै विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स विजयी हुदा नेटरनरेटमा निर्भर हुनेछ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.