2 years ago
July 6, 2023
एजेन्सी – स्कटल्यान्डले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्सविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेको छ । जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ ।
स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेन ६६ बलमा ५ चौका र २छक्कासहित ५४ रनमा क्रिजमा छन् । उनलाई कप्तान रिची बेरिंग्टनले ७ रनमा साथ दिएका छन् । तीव्र गतिका बलर लोगन भान बिकले पहिलो ओभरको चौथो बलमा ओपनर म्याथ्यु क्रसलाई शून्यमा बोल्ड आउट गरे ।
दोस्रो विकेटका लागि म्याकमुलेन र क्रिस म्याकब्राइडले ४५ रनको साझेदारी गरेका थिए । म्याकब्राइड बास डि लिडेको सर्ट बलमा पुल खेल्ने धुनमा सर्ट मिडविकेटमा ३२ रनमा बीकबाट क्याच आउट भए । उनले ३६ बलमा ६ चौका प्रहार गरे ।
लिडेकै बलमा जर्ज मुन्शे गल्भ्समा एज लाग्दै विकेटकिपर तथा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भए । स्कटल्यान्ड यस खेलमा विजयी भएमा सोझै विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स विजयी हुदा नेटरनरेटमा निर्भर हुनेछ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]