default_image

2 years ago

July 6, 2023

विश्वकपमा पुग्न निर्णायक खेलमा म्याकमुलेनको सानदार शतक

223 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्डका अलराउन्डर ब्रेन्डन म्याकमुलेनले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा विश्वकपमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्सविरुद्ध सानदार शतक हानेका छन् ।

जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ३८ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३ रन बनाएको छ । कप्तान रिची बेरिंग्टन ६२ बलमा समान २ चौका र छक्कासहित ५० रनमा अविजित छन् । उनलाई माइकल लिस्कले साथ दिनेछन् ।

म्याकमुलेन १ सय १० बलमा ११ चौका र ३ छक्कासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेल्दै आउट भए । उनी रायन केलिनको बलमा कट विहान्ड हुन पुगेका थिए ।

उनले १ सय ६ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो शतक पूरा गरे । यसअघि उनले यसै प्रतियोगितामा युएईविरुद्ध १ सय ३६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनले कप्तान रिची बेरिंग्टनसँग चौथो विकेटका लागि १ सय ३७ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका छन् ।

तीव्र गतिका बलर लोगन भान बिकले पहिलो ओभरको चौथो बलमा ओपनर म्याथ्यु क्रसलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि म्याकमुलेन र क्रिस म्याकब्राइडले ४५ रनको साझेदारी गरेका थिए । म्याकब्राइड बास डि लिडेको सर्ट बलमा पुल खेल्ने धुनमा सर्ट मिडविकेटमा ३२ रनमा बीकबाट क्याच आउट भए । उनले ३६ बलमा ६ चौका प्रहार गरे ।

लिडेकै बलमा जर्ज मुन्शे गल्भ्समा एज लाग्दै विकेटकिपर तथा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भए । स्कटल्यान्ड यस खेलमा विजयी भएमा सोझै विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स विजयी हुदा नेटरनरेटमा निर्भर हुनेछ।

January 21, 2025

महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

Success

Thank you for your time.