default_image

2 years ago

July 6, 2023

विश्वकपमा पुग्न निर्णायक खेलमा म्याकमुलेनको सानदार शतक

281 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्डका अलराउन्डर ब्रेन्डन म्याकमुलेनले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा विश्वकपमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्सविरुद्ध सानदार शतक हानेका छन् ।

जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ३८ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३ रन बनाएको छ । कप्तान रिची बेरिंग्टन ६२ बलमा समान २ चौका र छक्कासहित ५० रनमा अविजित छन् । उनलाई माइकल लिस्कले साथ दिनेछन् ।

म्याकमुलेन १ सय १० बलमा ११ चौका र ३ छक्कासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेल्दै आउट भए । उनी रायन केलिनको बलमा कट विहान्ड हुन पुगेका थिए ।

उनले १ सय ६ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो शतक पूरा गरे । यसअघि उनले यसै प्रतियोगितामा युएईविरुद्ध १ सय ३६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनले कप्तान रिची बेरिंग्टनसँग चौथो विकेटका लागि १ सय ३७ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका छन् ।

तीव्र गतिका बलर लोगन भान बिकले पहिलो ओभरको चौथो बलमा ओपनर म्याथ्यु क्रसलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि म्याकमुलेन र क्रिस म्याकब्राइडले ४५ रनको साझेदारी गरेका थिए । म्याकब्राइड बास डि लिडेको सर्ट बलमा पुल खेल्ने धुनमा सर्ट मिडविकेटमा ३२ रनमा बीकबाट क्याच आउट भए । उनले ३६ बलमा ६ चौका प्रहार गरे ।

लिडेकै बलमा जर्ज मुन्शे गल्भ्समा एज लाग्दै विकेटकिपर तथा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भए । स्कटल्यान्ड यस खेलमा विजयी भएमा सोझै विश्वकपमा पुग्नेछ । नेदरल्यान्ड्स विजयी हुदा नेटरनरेटमा निर्भर हुनेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.