default_image

8 months ago

July 6, 2023

नेपालले पहिलो खेल पाकिस्तान एसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुई सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा पहिलो खेल पाकिस्तान एसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल एसिसीले इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान […]

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुई सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा पहिलो खेल पाकिस्तान एसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल एसिसीले इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । एसिएट टोलीले भने आफ्नो पहिलो रोजाईका खेलाडी पठाउनेछन् ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।

एसिसीले एसोसिएट टोलीलाई म्याच एक्सपोजर दिन इमर्जिङ टिम्स आयोजना गर्दै आएको छ । नेपालले इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केहि युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ । नेपाल दुई महिना अघि एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ कपमा पुगेको थियो ।

पाकिस्तानले मोहम्मद हरिसको कप्तानीमा इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ । पाकिस्तानको टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन् ।

यो पनि : इमर्जिङ कप खेल्ने पाकिस्तानको टोलीमा ८ सिनियर खेलाडी

March 2, 2024

प्रतिश र कुशललाई लगातार २-२ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी र बायाँ हाते स्पिनरले एकै ओभरमा नेदरल्यान्ड्सका २-२ ब्याटरलाई आउट गरेका छन् । नेदरल्यान्ड्स १० ओभर सकिँदा ६ विकेट गुमाएर ६० रनको दयनीय स्थितिमा छ । क्रिजमा तेजा निदामानुरु २ रनमा छन् । इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स […]

March 2, 2024

करणलाई पहिलो ओभरमै दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले नेदरल्यान्ड्सविरुद्ध खेलको पहिलो ओभरमै दुई विकेट लिएका छन् । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन जोडेर २ विकेट गुमायो । करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । […]

March 2, 2024

कुशल प्लेइङ-११ मा फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पाँचौ खेलमा नेपालको प्लेइङ-११ मा फर्केका छन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् । आजको […]

Success

Thank you for your time.