default_image

1 year ago

July 6, 2023

च्याम्पियन यू-१६ खेलाडीले जनही ५० हजार पाउने

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा खेलाडीले जनही ५० हजार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यू१६ च्याम्पियन टिम र अफिसियल टोलीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच स्वागत गर्दै उक्त पुरस्कार घोषणा गरेको हो ।

नेपालले मंगलबार फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो । नेपालले घरेलु टोली मलेसियालाई मात्रै ३१ रनमा अल आउट गर्दै च्याम्पियन बनेको थियो ।

यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशाल विक्रम केसीको कप्तानीमा यू१६ को उपाधि जितेको थियो । २०१९ को फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो ।

२०१७ को फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको थियो । एसिसीले यसअघि यू१६ को प्रतियोगिता इस्टर्न रिजनको नामबाट आयोजना गर्दै आएको थियो । तर यस पटक भने उक्त नाम परिवर्तन गर्दै इस्ट जोन कप राखेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.