default_image

2 years ago

July 6, 2023

युएई नाटकीय रुपमा एक रनले विजयी

223 views

0 Bookmark

एजेन्सी – ओपनर आसिफ खानको सानदार शतकको सहयोगमा युएईले आइसिसी विश्वकप छनोटको नवौं स्थानको लागि भएको खेलमा अमेरिकामाथि एक रनको नाटकीय जित हात पारेको छ । योसँगै १० टोली सहभागी प्रतियोगितामा युएई नवौं र अमेरिका पुछारमा रहेर बाहिरिएका छन् ।

जितको लागि ३ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७ रन बनायो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । सुरुवाती तीन बलमा ७ रन जोडेपछि अन्तिम तीन बलमा चार रन चाहिँएको थियो ।

सन्चित शर्माले ९ रन खर्चेर २ विकेट लिएपछि नाटकीय जित हात पारेको थियो । पहिलो बलमा सन्चित शर्माले केन्जिगेलाई एक रन दिए । दोस्रो बलमा निसर्ग पटेल चौका र तेस्रो बलमा दुई रन बटुले ।

बाँकी तीन बलमा चार रन चाहिँएको थियो । चौथो बलमा पटेल १४ रनमा बोल्ड आउट भए । पाँचौं बलमा अली खानले दुई रन लिए । अन्तिम बलमा अली खान वृत्य अरविन्दबाट क्याच भएपछि हार्न पुगेको थियो ।

अमेरिका आरोन जोन्सले १ सय ३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ७५ रन बनाए । त्यस्तै मोनांक पटेलले ६६बलमा ३ चौका र १ छक्कासहित ६१ रनमा आउट भए । गजानन्द सिंह ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए ।

युएईका सन्चित शर्माले ६ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । अली नासिर र जुनैद सिद्दिकले समान दुई विकेट लिए ।
त्यसअघि ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८ रन बनायो ।

युएईका ओपनर आसिफ खानले १ सय ४५ बलमा १२ चौका र ६ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । उनको यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन हो । ओडिआई करिअरको तेस्रो शतक प्रहार गरेका हुन् ।

कुनैपनि युएईका ब्याटरले ओडिआईमा खेलेको यो उच्च प्रदर्शन हो । यसअघि युएईबाट उच्च प्रदर्शन खुराम खानले २०१४ मा अफगानिस्तानविरुद्ध १ सय ३२ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्यांश शर्मा ५७ र बासिल हामिद ४४ रनमा आउट भए । पहिलो विकेटका लागि अर्यांश शर्मा र आसिफ खानले २२.३ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गरेका थिए । अमेरिकाका अली खानले सर्वाधिक दुई विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.