default_image

1 year ago

July 6, 2023

युएई नाटकीय रुपमा एक रनले विजयी

126 views

0 Bookmark

एजेन्सी – ओपनर आसिफ खानको सानदार शतकको सहयोगमा युएईले आइसिसी विश्वकप छनोटको नवौं स्थानको लागि भएको खेलमा अमेरिकामाथि एक रनको नाटकीय जित हात पारेको छ । योसँगै १० टोली सहभागी प्रतियोगितामा युएई नवौं र अमेरिका पुछारमा रहेर बाहिरिएका छन् ।

जितको लागि ३ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७ रन बनायो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । सुरुवाती तीन बलमा ७ रन जोडेपछि अन्तिम तीन बलमा चार रन चाहिँएको थियो ।

सन्चित शर्माले ९ रन खर्चेर २ विकेट लिएपछि नाटकीय जित हात पारेको थियो । पहिलो बलमा सन्चित शर्माले केन्जिगेलाई एक रन दिए । दोस्रो बलमा निसर्ग पटेल चौका र तेस्रो बलमा दुई रन बटुले ।

बाँकी तीन बलमा चार रन चाहिँएको थियो । चौथो बलमा पटेल १४ रनमा बोल्ड आउट भए । पाँचौं बलमा अली खानले दुई रन लिए । अन्तिम बलमा अली खान वृत्य अरविन्दबाट क्याच भएपछि हार्न पुगेको थियो ।

अमेरिका आरोन जोन्सले १ सय ३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ७५ रन बनाए । त्यस्तै मोनांक पटेलले ६६बलमा ३ चौका र १ छक्कासहित ६१ रनमा आउट भए । गजानन्द सिंह ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए ।

युएईका सन्चित शर्माले ६ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । अली नासिर र जुनैद सिद्दिकले समान दुई विकेट लिए ।
त्यसअघि ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८ रन बनायो ।

युएईका ओपनर आसिफ खानले १ सय ४५ बलमा १२ चौका र ६ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । उनको यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन हो । ओडिआई करिअरको तेस्रो शतक प्रहार गरेका हुन् ।

कुनैपनि युएईका ब्याटरले ओडिआईमा खेलेको यो उच्च प्रदर्शन हो । यसअघि युएईबाट उच्च प्रदर्शन खुराम खानले २०१४ मा अफगानिस्तानविरुद्ध १ सय ३२ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्यांश शर्मा ५७ र बासिल हामिद ४४ रनमा आउट भए । पहिलो विकेटका लागि अर्यांश शर्मा र आसिफ खानले २२.३ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गरेका थिए । अमेरिकाका अली खानले सर्वाधिक दुई विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.