default_image

2 years ago

July 7, 2023

वुडको गतिसामु निरिह अष्ट्रेलिया!

279 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मार्क वुडको गति सामु सम्हाल्लिन नसक्दा अष्ट्रेलिया विश्वको चर्चित एशेज सिरिजको तेस्रो खेलको पहिलो इनिङमा सस्तैमा आउट भएको छ । लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा २ सय ६३ रनमा अल आउट भयो ।

टोलीमा लामो समयपछि पूनरागमन गरेका मिचेल मार्शले १ सय १८ बलमा १७ चौका र ४ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । तर उनी बाहेक अन्य कुनैपनि अष्ट्रेलियन ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् ।

ट्रविस हेड ७४ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । एक समय अष्ट्रेलिया ८५–४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि मिचेल मार्श र हेडले १ सय ५५ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो ।

मार्श क्रिस वोक्सको बलमा ज्याक क्रलीबाट आउट भए । एक समय ५२ ओभरमा २४०-४ को मजबुत अवस्थामा भएको अष्ट्रेलिया वुडको गतिमा उड्दा नाटकीय रुपमा विकेट गुमाएको थियो । अन्तिम २३ रन जोड्दा अष्ट्रेलियाले ६ विकेट गुमाएको थियो । अन्तिम ६ मध्य ४ विकेट मार्क वुडले लिएका थिए ।

मार्क वुडको प्रतिघण्टा १ सय ५६ किलोमिटरको गतिमा बलिङ गरेका थिए । उनको गतिको चाल नपाउँदा अष्ट्रेलियाले नाटकीय रुपमा विकेट उडाउन पुग्यो । वुडले एलेक्स केरीलाई ८ रनमा क्याच गराए । प्याट कमिन्सलाई शून्यमा एलबीडब्लू आउट गर्दा मिचेल स्टार्कलाई २ र टोड मर्फीलाई १३ रनमा बोल्ड गरेका थिए ।

इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिए ।

इंग्ल्यान्ड १९ ओभरमा ६८–३ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा १ सय ९५ रनले पछिछ । जो रुट १९ र जोनी बेयरस्टो १ रनमा क्रिजमा छन् ।

ओपनर ज्याक क्रली ३३, बेन डकेट २ र ह्यारी ब्रुक ३ रनमा आउट भए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ । एशेज सिरिज जित्न घरेलु टोली इंग्ल्यान्डलाई बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.