default_image

1 year ago

July 7, 2023

सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्ने

333 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्टार स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साता सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

सन्दीप र दीपेन्द्रले जुलाई २० देखि हुने फ्रेन्चाइज लिग ग्लोबल टि२० क्यानडा खेल्न लागेका कारण इमर्जिङ कप नखेल्ने भएका हुन् । नेपालले जुलाई २३ देखि २० गतेसम्म श्रीलंकामा यो प्रतियोगिता खेल्दैछ ।

दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो । दीपेन्द्र पहिलो पहिलो पटक आफ्नो करिअरमा विदेशी लिग खेल्न लागेका हुन् । सन्दीप लामिछानेलाई सर्रे जगुआरले किनेको छ । सन्दीप भने लगातार यस लिग खेल्दै आएका छन् । गतवर्ष भदौमा बलात्कार आरोप लागेपछि सन्दीप पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको शीर्ष ३ टोली छनोट भएका थिए ।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । एसिएट टोलीले भने आफ्नो पहिलो रोजाईका खेलाडी पठाउनेछन् ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।

एसिसीले एसोसिएट टोलीलाई म्याच एक्सपोजर दिन इमर्जिङ टिम्स आयोजना गर्दै आएको छ । नेपालले इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केहि युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ । नेपाल दुई महिना अघि एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ कपमा पुगेको थियो ।

दीपेन्द्र र सन्दीपको टोली यस्तो

नेपाली क्रिकेटका ३ डी दीपेन्द्रले टि२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४४ टि२० आई खेलमा १ शतक र पाँच अर्धशतकसहित १ हजार १ सय ३ रन बनाएका छन् ।

बलिङतर्फ २१ विकेट लिएका छन् । नेपाली क्रिकेट टोलीबाट २०१७ देखी दीपेन्द्र पहिलो रोजाईमा खेल्दै आएका छन् । दीपेन्द्रको टोलीमा सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, पाकिस्तानका मोहम्मद वासिम, युएईका आयन खान लगायतका खेलाडी छन् ।

सन्दीपको टोलीमा इंग्ल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखर अहमद, अष्ट्रेलियाका जेसन बेहरनडोर्फ, बंगलादेशका लिटन दास र अफगानिस्तानका करिम जन्नत लगायतका खेलाडी छन् । ग्लोबल टि२० क्यानडा आगमी जुलाई २० देखी अगष्ट ६ सम्म चल्नेछ ।

यो पनि : इमर्जिङ कप खेल्ने पाकिस्तानको टोलीमा ८ सिनियर खेलाडी

July 27, 2024

भारत र श्रीलंकाबीच पहिलो टि ट्वान्टी आज

एजेन्सी – श्रीलंकाविरुद्ध ३ खेलको टि-ट्वान्टी सिरिजको पहिलो खेल पाल्लेकेलेमा शनिबार सुरु हुँदा त्यो भारतीय क्रिकेटका लागि नयाँ युगको सुरुवात रुपमा हेरिने अनुमान गरिएको छ। खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए। सूर्यकुमार […]

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

Success

Thank you for your time.