2 years ago
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ । नेपालको टोलीमा युवा ब्याटर देव खनाल देखी स्पिनर सूर्य तामाङ सम्मका युवा खेलाडीले पूनरागमन गरेका छन् ।

रोहितको कप्तानीमा घोषणा टोलीमा नेपालले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र करण केसीलाई विश्राम दिएको छ । १६ सदस्य टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनाल खनालले टोलीमा पूनरागमन गरेका छन् ।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टि२० क्यानडाको कारण टोलीमा छैनन् । करण र ज्ञानेन्द्रलाई विश्राम दिने निर्णय लिएको छ । नेपालले विश्वकप छनोटबाट चार खेलाडी परिवर्तन गरेको छ ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । एसिएट टोलीले भने आफ्नो पहिलो रोजाईका खेलाडी पठाउनेछन् ।
नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]