2 years ago
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) –एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै देश हुने भएको छ । इमर्जिङ टिम्स एसिया कपमा पाँच टेस्ट र तीन एसोसिएट टोलीको सहभागिता छ ।

टेस्ट टोलीले आफ्नो यू-२३ वर्ष मुनिका खेलाडी पठाउने गर्दछन् । नेपालको समूहमा रहेको भारत र पाकिस्तानले पनि यू२३ खेलाडी घोषणा गरेका छन् । एसोसिएट टोलीमा भने कुनैपनि खेलाडीले खेल्न पाउने गर्दछन् ।
ओमान र युएईले आफ्नो प्रमुख टोली नपठाउने भएको छ । त्यसैको कारण नेपाल मात्रै इमर्जिङ टिम्समा प्रमुख टोली पठाउने भएको छ । युएई र ओमानले आफ्नो प्रमुख टोली नपठाएपछि प्रतियोगिता कुनैपनि खेल ओडिआई मान्यता हुनेछैन । यदि प्रमुख खेलाडी पठाएको भए नेपाल, ओमान र युएईबीचको खेलले ओडिआई मान्यता पाउन सक्ने सम्भावना रहन्थ्यो ।
नेपाल क्रिकेट संघ (क्यान) क्रिकेट म्यानेजर विनोद दासले एसिसी इमर्जिङ कपमा कुनैपनि खेल ओडिआई मान्यता नहुने बताएका छन् ।
‘एसिसी इमर्जिङ टिम्स एसिया कपमा कुनैपनि खेल ओडिआई मान्यता हुनेछैन । लिष्ट ए हुने वा नहुने पक्का भएको छैन । युएई र ओमानका केहि खेलाडी प्रतियोगितामा उपलब्ध नहुँदा उनीहरुले ए टोली पठाउने भएका हुन् । उनीहरुले ए टिम पठाउने भएपछि ओडिआई नहुने पक्का भएको । ओमानका कप्तानसहित केहि खेलाडी घाइते छन् । हामीलाई थाहा भए अनुसार युएईका केहि प्रमुख खेलाडी उपलब्ध नहुने भएपछि ए टोली पठाउने जनाएका छन्, दासले हाम्रो खेलकुदसँग भने ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]