default_image

1 year ago

July 7, 2023

इमर्जिङ कपको कुनैपनि खेलले ओडिआई मान्यता नपाउने

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै देश हुने भएको छ । इमर्जिङ टिम्स एसिया कपमा पाँच टेस्ट र तीन एसोसिएट टोलीको सहभागिता छ ।

टेस्ट टोलीले आफ्नो यू-२३ वर्ष मुनिका खेलाडी पठाउने गर्दछन् । नेपालको समूहमा रहेको भारत र पाकिस्तानले पनि यू२३ खेलाडी घोषणा गरेका छन् । एसोसिएट टोलीमा भने कुनैपनि खेलाडीले खेल्न पाउने गर्दछन् ।

ओमान र युएईले आफ्नो प्रमुख टोली नपठाउने भएको छ । त्यसैको कारण नेपाल मात्रै इमर्जिङ टिम्समा प्रमुख टोली पठाउने भएको छ । युएई र ओमानले आफ्नो प्रमुख टोली नपठाएपछि प्रतियोगिता कुनैपनि खेल ओडिआई मान्यता हुनेछैन । यदि प्रमुख खेलाडी पठाएको भए नेपाल, ओमान र युएईबीचको खेलले ओडिआई मान्यता पाउन सक्ने सम्भावना रहन्थ्यो ।

नेपाल क्रिकेट संघ (क्यान) क्रिकेट म्यानेजर विनोद दासले एसिसी इमर्जिङ कपमा कुनैपनि खेल ओडिआई मान्यता नहुने बताएका छन् ।

‘एसिसी इमर्जिङ टिम्स एसिया कपमा कुनैपनि खेल ओडिआई मान्यता हुनेछैन । लिष्ट ए हुने वा नहुने पक्का भएको छैन । युएई र ओमानका केहि खेलाडी प्रतियोगितामा उपलब्ध नहुँदा उनीहरुले ए टोली पठाउने भएका हुन् । उनीहरुले ए टिम पठाउने भएपछि ओडिआई नहुने पक्का भएको । ओमानका कप्तानसहित केहि खेलाडी घाइते छन् । हामीलाई थाहा भए अनुसार युएईका केहि प्रमुख खेलाडी उपलब्ध नहुने भएपछि ए टोली पठाउने जनाएका छन्, दासले हाम्रो खेलकुदसँग भने ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.