2 years ago
July 7, 2023
एजेन्सी – बंगलादेशका पूर्व ओडिआई कप्तान तमिम इकबालले एकदिनमै आफ्नो सन्न्यास फिर्ता लिएका छन् । बिहीबार तत्कालको लागि लागु हुने गरि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । तर शुक्रबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि सन्न्यास फिर्ता लिने भएका छन् ।
तमिम, उनकी श्रीमती, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसन र पूर्व तीव्र गतिका बलर मशफे मुर्तजाले प्रधानमन्त्री शेख हसिनालाई भेटेका थिए ।
भावुक रुपमा अप्रत्याशित सन्न्यासपछि तमिमलाई भेट्न प्रधानमन्त्री हसिनाले बोलाएकी थिइन् । प्रधानमन्त्रीसँग लामो समय छलफलपछि उनी क्रिकेटमा फर्किने निर्णय लिएका हुन् । उनले प्रधानमन्त्री हसिनालाई डेढ महिना विश्राम र आफनो चोटको उपचार गरेर क्रिकेटमा फर्किने बताएका छन् । प्रधानमन्त्रीले नै सन्न्यास फिर्ता लिन भनेपछि आफूले अस्वीकार गर्न नसकेको तमिमले बताएका छन् ।
अफगानिस्तानसँग बुधबार पराजित भएपछि बिहीबार एक्कासी सन्न्यास लिएका थिए । तमिमले सन्न्यास लिएपछि बंगादेशले शनिबार र मंगलबार अफगानिस्तानसँग हुने बाँकी दुई ओडिआई खेलको लागि लिटन दासलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।
३४ वर्षीय तमिमले बंगलादेशबाट ७० टेस्ट, २ सय ४१ ओडिआई र ७८ ठि२० आई खेल खेलेका छन् । टेस्टमा उनले १० शतक र ३१ अर्धशतकसहित ५ हजार १ सय ३४ रन बनाएका छन् ।
ओडिआईमा १४ शतक र ५६ अर्धशतकसहित कुल ८ हार ३ सय १३ रन बनाएका छन् । उनले २०१५ मा पाकिस्तानविरुद्ध टेस्ट खेलमा २ सय ६ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
उनले २००७ मा बंगलादेशको टोलीबाट डेब्यू गरेका थिए । टि२० आईमा भने उनले गतवर्ष नै सन्न्यास लिएका थिए । तमिमले २०२१ को एभरेष्ट प्रिमियर लिग ९इपिएल० भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए ।
उनले इपिएलमा ५ खेलमा ६८ रन बनाएका थिए । आगमी अक्टोबर नोभेम्बरमा एकदिवसीय विश्वकप भारतमा हुँदैछ । सेप्टेम्बरमा श्रीलंका र पाकिस्तानमा एसिया कप आयोजना हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]
June 21, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]