default_image

1 year ago

July 9, 2023

इंग्ल्यान्डलाई अष्ट्रेलियाको मध्यम लक्ष्य

95 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले विश्व चर्चित द एशेजको तेस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डलाई जितको लागि २ सय ५१ रनको मध्यम लक्ष्य दिएको छ । तेस्रो दिन वर्षा प्रभावित खेलमा अष्ट्रेलिया दोस्रो इनिङमा २ सय २४ रनमै अल आउट भएपछि मध्यम लक्ष्य दिएको हो । लगातार वर्षाको कारण तेस्रो दिन अन्तिम सेसन मात्रै भएको थियो ।

इंग्ल्यान्डले उत्कृष्ट बलिङका साथ मध्यम लक्ष्यमै रोकेको हो । पहिलो इनिङमा अष्ट्रेलियालाई २६ रनको अग्रता हुँदा उक्त लक्ष्य पाएको हो । अष्ट्रेलिया ट्रर्विस हेडले १ सय १२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए । अन्य कुनैपनि अष्ट्रेलियन ब्याटरले अर्धशतकीय इनिङ समेत खेल्न सकेनन् ।

दोस्रो दिन नै उस्मान खवाजा ४३, डेविड वार्नर १, मार्नस लाबुसेन ३३ र स्टिभ स्मिथ २ रनमा आउट भएका थिए ।

तेस्रो दिन मिचेल मार्श २८, एलेक्स केरी ५, मिचेल स्टार्क १६ र प्याट कमिन्स १ रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र क्रिस वोक्सले समान तीन विकेट लिए । मोईन अली र मार्क वुडको नाममा २-२ विकेट रह्यो ।


उक्त विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५ ओभरमा २७ रन बनाउँदा कुनै विकेट गुमाएको छैन । ज्याक क्रली ९ र बेन डकेट १८ रनमा क्रिजमा छन् ।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड २ सय ३७ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डलाई पहिलो इनिङमा विशाल अग्रता लिने अवसर रहेपनि त्यो चुकाएको थियो । कप्तान बेन स्टोक्सले १ सय ८ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको इनिङ खेलेका थिए ।

अन्य इंग्लिस ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर ज्याक क्रली ३३, बेन डकेट २, ह्यारी ब्रुक ३, जो रुट १९, जोनी बेयरस्टो १२ र मोईन अली २१ रनमा आउट भए ।

मार्क वुड ८ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए। कप्तान प्याट कमिन्सले १८ ओभरमा १ मेडनसहित ९१ रन खर्चेर ६ विकेट लिएका थिए ।

त्यसअघि लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा पहिलो दिननै २ सय ६३ रनमा अल आउट भएको थियो । अलराउन्डर मिचेल मार्शले १ सय १८ बलमा १७ चौका र ४ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

ट्रविस हेड ७४ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । एक समय अष्ट्रेलिया ८५–४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि मिचेल मार्श र हेडले १ सय ५५ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो । अन्तिम २३ रन जोड्दा अष्ट्रेलियाले ६ विकेट गुमाएको थियो ।

इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ । एशेज सिरिज जित्न घरेलु टोली इंग्ल्यान्डलाई बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.