default_image

1 year ago

July 9, 2023

क्रिकेट कप्तान रुविनासहित ४ जनालाई सम्मान गरिने

74 views

0 Bookmark

हिमाल खरेल, मेचीनगर

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई काँकरभिट्टामा सम्मान गरिने भएको छ । कप्तान रुविनासहित, खेल पत्रकार भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई नगदसहित सम्मान गर्न लागिएको हो ।

काँकरभिट्टामा रहेको भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा उनीहरुलाई पुरस्कृत र सम्मान गर्ने भएको हो । मेचीनगर निवासी कप्तान क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।

त्यस्तै, सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै लिम्बूलाई पनि भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको हो । त्यस्तै, ढुंगानालाई प्रतिष्ठानअन्तर्गत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट सम्मान गरिनेछ । कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट यो वर्ष कला र संस्कृतिको प्रबद्र्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थागत रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई सम्मान गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए ।

भानु प्रतिभा पुरस्कारबाट सम्मानित हुने कप्तान क्षेत्रीलाई २१ हजार र अन्य तीनजना प्रतिभालाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिने उनले बताए । असार २९ गते भानु जयन्तीको अवसरमा काँकरभिट्टा क्याम्पसको सभाहलमा हुने कवि गोष्ठी कार्यक्रममा प्रतिभाहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.