default_image

2 years ago

July 9, 2023

क्रिकेट कप्तान रुविनासहित ४ जनालाई सम्मान गरिने

174 views

0 Bookmark

हिमाल खरेल, मेचीनगर

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई काँकरभिट्टामा सम्मान गरिने भएको छ । कप्तान रुविनासहित, खेल पत्रकार भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई नगदसहित सम्मान गर्न लागिएको हो ।

काँकरभिट्टामा रहेको भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा उनीहरुलाई पुरस्कृत र सम्मान गर्ने भएको हो । मेचीनगर निवासी कप्तान क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।

त्यस्तै, सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै लिम्बूलाई पनि भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको हो । त्यस्तै, ढुंगानालाई प्रतिष्ठानअन्तर्गत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट सम्मान गरिनेछ । कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट यो वर्ष कला र संस्कृतिको प्रबद्र्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थागत रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई सम्मान गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए ।

भानु प्रतिभा पुरस्कारबाट सम्मानित हुने कप्तान क्षेत्रीलाई २१ हजार र अन्य तीनजना प्रतिभालाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिने उनले बताए । असार २९ गते भानु जयन्तीको अवसरमा काँकरभिट्टा क्याम्पसको सभाहलमा हुने कवि गोष्ठी कार्यक्रममा प्रतिभाहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.