default_image

1 year ago

July 10, 2023

आरिफले इमर्जिङ कप नखेल्ने

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर आरिफ शेखले यसै साताबाट श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफले पारिवारिक कारण नखेल्ने भएको जानकारी दिएका छन् ।

आरिफ नखेल्ने भएपछि नेपालले उनको स्थानमा पवन सरार्फलाई मौका दिएको छ । आरिफ नेपालका भरपर्दा ब्याटर हुन् । उनले ४७ ओडिआई खेलमा ६ अर्धशतकसहित ८ सय ७८ रन बनाएका छन् । आरिफले मध्य गतिमा बलिङ समेत गर्ने थिए ।

पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका हुन् । गतवर्ष भदौंमा केन्या भ्रमणमा कमजोर प्रदर्शनपछि पवन टोलीबाट बाहिरिएका थिए । पवन तल्लोक्रमका ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । श्रीलंका जाने नेपाली क्रिकेट टोलीको क्यानले एक कार्यक्रमकाबीच बिहान बिदाई गर्दैछ ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । ओमान र युएईले पनि आफ्नो ए टोली पठाउने छन् ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान) कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.