2 years ago
July 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर पवन सरार्फले १० महिनापछि नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । तल्लोक्रमका भरपर्दा ब्याटर आरिफ शेखले यसै साताबाट श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएपछि नेपालले पवनलाई टोलीमा बोलाएको छ ।

आरिफले पारिवारिक कारण नखेल्ने निर्णय लिएको क्यानले जनाएको छ । पवन गतवर्ष भदौंपछि पहिलो पटक नेपाली टोलीमा फर्किएका हुन् । पवन पछिल्लो पटक भदौंमा केन्या भ्रमणमा नेपालको टोलीमा थिए । लगातार मौका पाउँदा पनि राम्रो प्रदर्शन गर्न नसकेपछि उनी टोलीबाट बाहिरिनु परेको थियो । त्यसपछि भने उनले नेपाली टोलीमा मौका पाएका थिएनन् ।
पवन स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनीले त्यहाँ राम्रो अवसर नपाएपछि केहि महिनामात्रै आफ्नो घरेलु टोली मधेश प्रदेश फर्किएका थिए ।
पवनले नेपालबाट ८ ओडिआई र १७ टि२० आई खेल खेलेका छन् । इमर्जिङ कपका कुनैपनि खेलले ओडिआई मान्यता पाउने छैनन् । प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । टेस्ट टोलीले यू-२३ खेलाडी पठाउनु पर्ने हुन्छ । नेपाल बाहेक दुई एसोसिएट टोली युएई र ओमानले पनि आफ्नो प्रमुख खेलाडी नपठाउने भएका हुन् ।
त्यसैले यो प्रतियोगिता नेपालको लागि अभ्यास सरह हुनेछ । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले टि२० क्यानडाको कारण खेल्ने छैनन् । प्रमुख तीव्र गतिका बलर करण केसी र ब्याटर ज्ञानेन्द्र मल्ललाई नेपालले विश्राम दिएको थियो । अव आरिफ पनि हुने छैनन् ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन् । ओमान र युएईले पनि आफ्नो ए टोली पठाउने छन् ।
नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान) कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]