default_image

2 years ago

July 10, 2023

यू-१६ विजेता तीन खेलाडीलाई एसपीएले निशुल्क अध्यन गराउने

436 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ ।

नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको थियो । घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो ।

कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान समेत हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत् छन् ।यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गर्नु भएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन । अशोक धामी बझाङका हुन् ।

तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइएको छ ।

नेपाललाई उपाधि जिताउन फाइनलमा नरेन भट्टले मलेसियाविरुद्ध ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेलेका थिए । अशोक धामीले मलेसियाविरुद्ध नै समूह चरणको खेलमा ५२ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । धामी स्पिन अलराउन्डर हुन् ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उचो पारेका खेलाडीहरुलाई सम्मान गर्न पाउँदा एकदमै गौरम्वावित महसुस भईरहेको बताए । उहाँले एसपीए कलेजमा ८ जना क्रिकेटकामात्रै अन्तर्राष्ट्रिय खेलाडीहरु अध्ययन गरिरहेको बताउँदै खेलाडी र एसपीए पर्यायवाची शब्द जस्तै भएको बताए । आगामी दिनमा पनि कलेजले खेलाडीहरुको हौसला अभिवृद्धि गर्न एसपीएले यस्ता खाले कार्यक्रम गरिरहने क्याम्पस प्रमुख उपाध्यायले बताए ।


खेलाडीका तर्फबाट मन्तव्य राख्दै आशिषले सम्मानका लागि एसपीए कलेजलाई धन्यवाद दिए । उनले गृहनगरमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताए । साथै उहाँले अध्ययन र प्रशिक्षणमा समेत कलेजले पूर्ण सहयोग गर्ने भएपछि धन्यवाद व्यक्त गरे ।

सुदूरपश्चिमको शैक्षिक धरोहर एसपीए कलेज र खेलकुदको सम्बन्ध पर्यायवाची जस्तै छ । देशकै खेलकुदमा भएका व्यवसायिक र नौलो प्रयोगहरुमा एसपीए कलेज र यसका प्रबन्ध निर्देशक सुवाश शाही जोडिएका छन् ।

चाहे त्यो एसपीए कपबाट फ्रेन्चाइज अवधारणाको जरो गाडेको होस्, या धनगढी प्रिमियर लिगले सुरु गरेको अक्सन तथा फ्रेन्चाइज क्रिकेट । फुटबलमा नेपालकै पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगसँग पनि एसपीए जोडिएर आएको छ । एसपीए एउटा त्यस्तो कलेज हो, जहाँ आठ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययनरत् छन् । आफ्नै क्रिकेट, फुटबल, भलिबल, बास्केटबललगायत विभिन्न खेलको टोली छ ।

उनीहरुलाई नियमित प्रशिक्षण, अभ्यास र खेलको व्यवस्था गरिएको छ । एसपीएमा खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत् छन् । ८ जना क्रिकेटको अन्तर्राष्ट्रिय खेलाडीमात्रै छन् ।

अहिले नेपाली राष्ट्रिय सिनियर टोलीका लोकेश बम, यू–१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, इश्वरी विष्ट, यू–१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय जस्ता होनहार खेलाडीहरु एसपीएमा अध्ययनरत् छन् । त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपीएमा अध्ययनरत् छन् ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.