2 years ago
July 10, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जिम्बावेमा आइतबार सम्पन्न विश्वकप छनोटको उत्कृष्ट टिम सार्वजनिक गरेको छ । आइसिसीले सार्वजनिक गरेको टिम अफ द टुनामेन्ट वल्र्डकप क्वालिफायरमा नेपालका कुनैपनि खेलाडी पर्न सकेनन् ।

आइसिसीको उत्कृष्ट टिम अफ द टुनामेन्टमा श्रीलंका, नेदरल्यान्ड्स र घरेलु टोली जिम्बावेबाट सर्वाधिक समान तीन खेलाडी अटेका छन् ।
त्यस्तै स्कटल्यान्डबाट दुई र वेस्टइन्डिजबाट एक खेलाडी परेका छन् । १० टोली सहभागी छनोटमा नेपाल, युएई, ओमान र आयरल्यान्ड, अमेरिकाबाट भने कुनैपनि खेलाडी अट्न सकेनन् ।
आइसिसीले आफ्नो उत्कृष्ट टोलीको ओपनरमा नेदरल्यान्ड्सका विक्रमजित सिंह र श्रीलंकाका पाथुम निसांकालाई राखेको छ । श्रीलंकाका ओपनर पाथुमले दुई शतकसहित कुल ४ सय १६ रन बनाएका थिए ।
सिंहले ३ सय ३६ रन बनाएका थिए । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनलाई राखेको छ । उनले दुई शतकसहित ३ सय ६४ रन बनाउनुको साथै १३ विकेट लिएका थिए । तीन शतकसहित ६ सय रन बनाउने जिम्बावेका सन विलियम्सलाइ चौथो नम्बरको ब्याटरमा राखेको छ ।

नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन हिरो बनेका बास डि लिडेलाई पाँचौं नम्बरमा राखेको छ । लिडेले २ सय ८५ रन बनाउनुको साथै १५ विकेट लिएका थिए । त्यसमा पनि विश्वकपमा पुग्न निर्णायक खेलमा उनले स्कटल्यान्डविरुद्ध १ सय २३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।
जिम्बावेका सिकन्दर राजालाई छैटौं नम्बरको ब्याटरमा राखेको छ । आफ्ना प्रमुख ८ खेलाडी बिनानै विश्वकपमा पुर्याउने नेदरल्यान्ड्सका स्कटएडवार्ड्स प्रतियोगिता उत्कृष्ट कप्तान र विकेटकिपर बनाएकोछ । उनलाई नै यस टिम अफ द टुनामेन्टको कप्तान बनाएको छ ।
श्रीलंकालाई विश्वकपमा पुर्याउने २२ विकेट लिने वानिन्दु हसरंगा र २१ विकेट लिने महेश थिक्सेना पनि आइसिसीको टोलीमा छन् । यस प्रतियोगितामा सर्वाधिक धेरै गतिमा बलिङ गर्ने क्रिस सोल पनि टिममा छन् ।

उनले प्रतिघण्टा १ सय ५० माथिको गतिमा बलिङ गरेका थिए । स्कटल्यान्डलाई विश्वकप नजिक पुर्याउन उनको प्रदर्शन निकै महत्वपूर्ण थियो । अन्तिम तीव्र गतिका बलरमा जिम्बावेका बायाँ हाते रिचर्ड नागारवा पनि छन् ।
आइसिसीको उत्कृष्ट विश्वकप छनोट टोली :
विक्रमजितसिंह (नेदरल्यान्ड्स), पाथुम निसांका (श्रीलंका), ब्रेन्डन म्याकमुलेन (स्कटल्यान्ड), बास डि लिडे (नेदरल्यान्ड्स) सेन विलियम्स (जिम्बावे), सिकन्दर राजा (जिम्बावे), स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर नेदरल्यान्ड्स), वानिन्दु हसरंगा (श्रीलंका), महेश थिक्सेना (श्रीलंका), क्रिस सोल (स्कटल्यान्ड) र रिचर्ड नागराव (जिम्बावे) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]