default_image

2 years ago

July 12, 2023

युवा ब्याटर सुर्यांशुलाई चितवन क्रिकेट संघको सम्मान

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो साता नेपाललाई एसिसी यू१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता उपाधि जिताउन राम्रो प्रदर्शन गरेका युवा ओपनर सुर्यांशु कोइरालालाई जिल्ला क्रिकेट संघ चितवनले सम्मान गरेको छ ।

सुर्यांशुलाई उनको गृह जिल्ला चितवन जिल्ला क्रिकेट संघले बुधबार राजधानीमा आयोजित कार्यक्रममा नगद २५ हजार सहित सम्मान गरेको हो ।

प्रतियोगितामा सुर्यांशुले नेपाल यू १६ बाट सबै चार खेल खेलेका थिए । नेपाललाई अपराजित रहँदै उपाधि जिताउन उनले १ सय १२ रन बनाएका थिए ।

उनले सेमिफाइनलमा इन्डोनेसियाविरुद्ध नेपालबाट सर्वाधिक ४३ रनको योगदान दिएका थिए । त्यस्तै फाइनलमा मलेसियाविरुद्ध उनले १८, समूह चरणमा थाइल्यान्डविरुद्ध ४० र मलेसियाविरुद्ध २९ रन बनाउँदै आउट भएका थिए । सबै खेलमा राम्रो सुरुवात दिएपनि ठूलो इनिङ खेल्न चुकेका थिए ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह, सदस्य प्रशान्तविक्रम मल्ल, चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पिया, सदस्यहरु उत्सव श्रेष्ठ र राजु गुप्ताले सुर्यांशुलाई सम्मान गरेका थिए ।

सुर्यांशुका व्यवस्तताका कारण काठमाडौंमा कार्यक्रम गर्नु परेको चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष पियाले जनाए । भारतको भोपालमा क्रिकेट स्कुलमा पढ्दै आएका सुर्यांशु केही दिनमा त्यसतर्फ लाग्नेछन् ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.