2 years ago
July 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा आज पाकिस्तान ए सँग खेल्दैछ । खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् ।
पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन् । त्यसैले आज टोलीमा युवा खेलाडीले मौका पाउने देखिन्छ । दीपेन्द्र नहुँदा नेपालले पवन सरार्फलाई मौका दिनसक्छ । सन्दीप नहुँदा मौसम ढकाल वा सूर्य तामाङ मध्य एकले मौका पाउने छन् ।
आरिफको स्थानमा सन्दीप जोरा खेल्ने सम्भावना छ । करण केसीको स्थानमा किशोर महतोले मौका पाउने सम्भावना देखिन्छ । नेपाल विना दबाब खेल्नु पर्ने हुन्छ । पाकिस्तानको सिनियर टोलीका नियमित तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको बल खेल्न नेपाली ब्याटरलाई सहज हुनेछैन । यी दुई बाउन्स र गतीका लागि चिनिन्छन् ।
अघिल्लो साता सर्ट बलमा नेपाली ब्याटरले संघर्ष गरेका थिए । त्यो कमजोरी यस प्रतियोगितामा सुधार गर्नुपर्ने हुन्छ । पाकिस्तानी बलर सर्ट बलका लागि माहिर छन् ।
नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिनसक्छ । अर्जुन साउदलाई नेपालले तल्लोक्रममा खेलाउन सक्छ । यदि अर्जुनलाई ओपनरमा खेलाएमा आसिफ बेन्चमा बस्नेछन् । भीम सार्की, रोहित पौडेल र कुशल मल्लले तेस्रो, चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन् ।
कप्तान रोहित र कुशलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उता तीव्र गतिका बलरमा सोमपाल कामी र किशोर महतो हुनेछन् । नेपालले तेस्रो तीव्र गतिका बलरमा गुलशन झालाई खेलाउने छ । गुलशन नेपालको फिनिसर ब्याटरको रुपमा खेल्नेछन् । स्पिन आक्रमण सन्दीप नहुँदा ललितले सम्हाल्ने छन् ।
नेपालसँग खेल्ने पाकिस्तान ए को टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन् । उपाधिको प्रमुख दाबेदार पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । कप्तान मोहम्मद हरिसले पाकिस्तानबाट पाँच ओडिआई र ९ टि२० आई खेलेका छन् । गतवर्ष टि२० विश्वकपमा पाकिस्तानलाई फाइनल सम्म पुर्याउन २२ वर्षीय हरिसले सानदार प्रदर्शन गरेका थिए ।
उनी आक्रामक ब्याटिङका लागि चर्चित युवा खेलाडी हुन् । त्यसैको कारण बाबर आजम र मोहम्मद रिजवान मध्य एक ओपनरको स्थानमा उनलाई ओपनिङ गराउनु पर्ने पाकिस्तानमा माग समेत उठ्दै आएको छ । निडर रुपमा उनी खुलेर खेल्न रमाउँछन् । पाकिस्तानले तेस्रो नम्बरमा खेलाउँदै आएको छ ।
तीव्र गतिका बलर शाहनवाज दाहानी पनि टोलीमा छन् । ६ फिट २ इन्च अग्ला कदका शाहनजाद दाहानीले पाकिस्तानबाट २ ओडिआई र ११ टि२० आई खेल खेलेका छन् ।पाकिस्तानबाट एक टि२० आई खेल खेलेका तीव्र गतिका बलर अर्शद इकबाल, एक ओडिआई खेल खेलेका कमरन घुलाम, दुई टेस्ट, १४ ओडिआई र २७ टि२० आई खेल खेलेका मोहम्मद वासिम जुयिनर पनि टोलीमा छन् ।
जुयिनर पाकिस्तानका नियमित बलर हुन् । उनी बाउन्सर र गतीको लागि चिनिन्छन् । उनी इमजिङ एसिया कप खेल्ने टोलीमा पाकिस्तानको सिनियर टोलीबाट धेरै खेल खेल्ने खेलाडी समेत हुन् ।
उनले पाकिस्तानबाट दुई टेस्ट विकेट, २४ ओडिआई र ३५ टि२० आई विकेट लिएका छन् । उनले तल्लोक्रममा त्यतिनै राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् । त्यस्तै तीन टि२० आई खेल खेलेका शहिबजादा फहरन, ८ टि२० आई खेल खेलेका सैम अयुब र तयाब ताहिर टोलीमा छन् । ताहिरले टि२० आई खेल खेलेका छन् ।
सैम अयुब पाकिस्तानको विष्फोटक ब्याटरको भविष्य मानिएको छ । उनी आक्रामक सुरुवात दिलाउने गर्दछन् । २१ वर्षीय उनले छोटो समयमै ठूलो प्रभाव जमाई सकेका छन् । पाकिस्तान उपाधिको प्रमुख दाबेदार टोली हो । विकेटकिपर हसिबउल्लाह र ओमर युसुफ पनि उत्कृष्ट ब्याटिङका लागि चिनिन्छन् ।
समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन् । समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ । नेपाल बाहेक अन्य सबै एसोसिएट टोलीले दोस्रो रोजाईको टोली पठाएको छ । नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ए सँग बुधबार खेल्नेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
पाकिस्तानको टोली :
मोहम्मद हरिस, ओमैर बिन युसुफ, अमद बट, अर्शद इकबाल, हसिबउल्लाह, कमरन घुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वासिम जुनियर, क्वास अक्रम, शहिबजादा फहरान, सैम अयुब, शाहनजाद दाहानी, सुफियान मकीम र तयाब ताहिर ।
February 12, 2025
एजेन्सी – स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]