default_image

1 year ago

July 14, 2023

डेब्यू खेलमै जैसवालको सानदार शतक

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतका बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले वेस्टइन्डिजविरुद्ध आफ्नो डेब्यू खेलको पहिलो इनिङमै सानदार शतक हानेका छन् । दोस्रो दिनको खेल सकिँदा भारत १ सय १३ ओभरमा २ विकेट गुमाउँदै ३ सय १२ रन बनाएको छ ।

भारतले पहिलो इनिङमा १ सय ६२ रनको अग्रता लिएको छ । भारतका यशस्वी जैसवाल ३ सय ५० बलमा १४ चौकासहित १ सय ४३ रनमा नट आउट छन् । कप्तान रोहित शर्मा २ सय २१ बलमा १० चौका र २ छक्कासहित १ सय ३ रनमा आउट भए ।

पहिलो विकेटका लागि जैसवाल र रोहितले २ सय २९ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । शुभमन गिल ६ रनमा आउट भए । विराट कोहली ९६ बलमा १ चौकासहित ३६ रनमा नटआउट छन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ६४.३ ओभरमा १ सय ५० रनमा अल आउट भयो । वेस्टइन्डिजका लागि एलिक एथानाजेले ९९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले पाँच विकेट लिए । रविन्द्र जडेजाले तीन, शार्दुल ठाकुर र मोहम्मद शिराजले समान एक विकेट लिए । वेस्टइन्डिजले घरेलु मैदानमा दुई टेस्ट, तीन ओडिआई र पाँच टि२० आई खेलको सिरिज भारतसँग खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.