default_image

2 years ago

July 14, 2023

नेपालले सुरुवातमै तीन विकेट गुमायो

257 views

0 Bookmark

एजेन्सी – नेपालले एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध सुरुवातमै तीन विकेट गुमाएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ५ ओभरमा ३ विकेट गुमाउँदै २४ रन बनाएको छ । नेपालका अर्जुन साउद ५ र उनलाई भीम सार्कीले साथ दिनेछन् ।

तीव्र गतिका बलर शाहबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गरे । पाकिस्तान ए लाई सिनियर टोलीका दोस्रो रोजाई बलर मोहम्मद वासिम जुयिनर र दाहानीले सुरुवात गरेका थिए । यी दुबै बलरले पाकिस्तानबाट खेल्दै आएका छन् । प्रमुख बलर घाइते भएमा मौका पाउने गर्दछन् ।

दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर क्याच आउट हुन पुगे । आसिफले १२ बलमा ३ चौका प्रहार गरे । पहिलो ओभरमै आसिफले पाकिस्तानका जुनियरलाई तीन चौका हानेका थिए ।

जुनियरको पाँचौं ओभरको पाँचौं बलमा रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भए । रोहितले ४ बलमा १ चौकासहित ४ रन बनाए ।

शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह मध्य कुनै खेलाडी खेल्न नसक्ने भएमा त्यसपछि जुनियर र दाहानी खेल्ने गर्दछन् । सिनियर टोलीबाट खेलेका तीव्र गतिका बलर जुनियरलाई नेपालले पहिलो ओभरमै तीन चौका हानेपनि त्यसपछि भने कमजोर प्रदर्शनका साथ तीन विकेट गुमाउन पुगेको छ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल(कप्तान, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.