default_image

2 years ago

July 14, 2023

पाकिस्तानको गति सामु नेपालको शीर्षक्रम धरासयी

256 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका दुई युवा तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गति सामु एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको शीर्षक्रम धरासयी बनेको छ ।

कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ५ विकेट गुमाउँदै ३७ रन बनाएको छ । नेपालका कुशल मल्ल र भीम सार्की क्रिजमा छन् । तीव्र गतिका बलर शाहबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गरे ।

पाकिस्तान ए लाई सिनियर टोलीका दोस्रो रोजाई बलर मोहम्मद वासिम जुयिनर र दाहानीले सुरुवात गरेका थिए । यी दुबै बलरले पाकिस्तानबाट खेल्दै आएका छन् । प्रमुख बलर घाइते भएमा मौका पाउने गर्दछन् ।

दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर क्याच आउट हुन पुगे । आसिफले १२ बलमा ३ चौका प्रहार गरे । पहिलो ओभरमै आसिफले पाकिस्तानका जुनियरलाई तीन चौका हानेका थिए ।

जुनियरको पाँचौं ओभरको पाँचौं बलमा रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भए । रोहितले ४ बलमा १ चौकासहित ४ रन बनाए ।

जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भए । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दाहानी र जुनियर दुबै पाकिस्तानको टोलीबाट खेल्दै आएका छन् । नियमित पाकिस्तानको टोलीमा रहेपनि कम मौका पाउदै आएका छन् । शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह मध्य कुनै खेलाडी खेल्न नसक्ने भएमा त्यसपछि जुनियर र दाहानी खेल्ने गर्दछन् ।

सिनियर टोलीबाट खेलेका तीव्र गतिका बलर जुनियरलाई नेपालले पहिलो ओभरमै तीन चौका हानेपनि त्यसपछि भने लगातार विकेट गुमाएको छ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.