default_image

2 years ago

July 15, 2023

जैसवाल र आश्विनको उत्कृष्ट प्रदर्शनमा भारत इनिङ अन्तरले विजयी

325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालको सानदार शतक र रविचन्द्रन आश्विनको घातक बलिङको सहयोगमा भारतले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ४१ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

दोस्रो इनिङमा वेस्टइन्डि मात्रै १ सय ३० रनमा अल आउट भएपछि तेस्रो दिननै पराजित भएको हो । वेस्टइन्डिजका लागि एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए । रविन्द्र जडेजाले २ विकेट लिए ।

त्यसअघि भारतले पहिलो इनिङमा ४ सय २१ रन बनाउन ५ विकेट गुमाएको अवस्थामा इनिङ घोषणा गरेको थियो । भारतको जितमा डेब्यू गरेका युवा बायाँ हाते ब्याटर यशस्वी जैसवालले ३ सय ८७ बलमा १६ चौका र १ छक्कासहित १ सय ७१ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए । त्यस्तै रोहित शर्मा २ सय २१ बलमा १० चौका र २ छक्कासहित १ सय ३ रनमा आउट भए । विराट कोहली १ सय ८२ बलमा ५ चौकासहित ७६ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ६४.३ ओभरमा १ सय ५० रनमा अल आउट भयो । वेस्टइन्डिजका लागि एलिक एथानाजेले ९९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले पाँच विकेट लिए । रविन्द्र जडेजाले तीन, शार्दुल ठाकुर र मोहम्मद शिराजले समान एक विकेट लिए । वेस्टइन्डिजले घरेलु मैदानमा दुई टेस्ट, तीन ओडिआई र पाँच टि२० आई खेलको सिरिज भारतसँग खेल्नेछ । दोस्रो टेस्ट २० जुलाईदेखी सुरु हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.