default_image

2 years ago

July 16, 2023

यस्तो छ नेपालसँग खेल्ने भारतको युवा टोली

302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा सोमबार भारत ए सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

कप्तान यश धुल भारतीय मध्यक्रम ब्याटरको भविष्य हुन् । २०२२ मा भारतले यू–१९ विश्वकप जित्दा धुलले उत्कृष्ट कप्तानी प्रदर्शन गरेका थिए । उक्त यू–१९ विश्वकपमा धुलले ४ खेलमा १ शतकसहित कुल २ सय २९ रन बनाएका थिए ।

सेमिफाइनलमा अष्ट्रेलियालाई हराउन उनले १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । दिल्लीबाट घरेलु क्रिकेट खेल्ने धुलले १५ प्रथम श्रेणी खेलमा ४ शतकसहित १ हजार १ सय ४५ रन बनाएका छन् । यस प्रतियोगितामा पहिलो खेलमा युएई ए लाई हराउन धुलले १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

धुलले रणजी ट्रफीमा छर्तिसगणविरुद्ध २ सय रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । आइपिएलमा उनले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । उनी मध्यक्रममा राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

साई सुदर्शन इमर्जिङ कपमा भारतले ठूलो अपेक्षा गरेका खेलाडी हुन् । यस सिजनको आइपिएलमा सानदार प्रदर्शन गरेका साई सुदर्शन अर्का युवा ब्याटर हुन् । सुदर्शनले फाइनलमा चेन्नई सुपर सिक्सविरुद्ध ९६ रनको यादगार इनिङ खेलेका थिए । उनी बायाँ हाते ओपनिङ ब्याटर हुन् । उनले लगातार घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

युवा अलराउन्डर अभिषेक शर्मा टोलीको उप–कप्तानको रुपमा छन् । सनराइजर्स हैदराबादबाट ओपनिङ गर्दै राम्रो प्रभाव छाड्दै आएका छन् । शर्माले पन्जाबबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । उनीसँग २० प्रथम श्रेणी, ३९ लिष्ट ए र ७८ टि२० खेलको अनुभव छ । अभिषेक कुनैपनि भूमिकामा खेल्न सक्छन् ।

उनी टोलीका पार्टटाइम स्पिनर समेत हुन् । भारतको टोलीमा मध्यक्रममा २२ वर्षीय युवा ब्याटर निकिन जोन्स खेल्नेछन् । एक महिना अघि कर्नाटकाबाट उनले नामिबियाविरुद्ध पाँच एकदिवसीय अभ्यास खेलको सिरिजमा ५६, १०३, १०१, ५६ र ६१ रनको इनिङ खेलेका थिए ।

राजस्थान रोयल्सबाट आइपिएल र असामबाट घरेलु क्रिकेट खेल्ने रियान परागको प्रदर्शन अझ प्रतिक्षामा हुनेछ । रियान पराग शीर्ष र तल्लोक्रममा उत्कृष्ट ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् । उनी भारतीय टोलीबाट खेल्न सक्ने एक दाबेदार युवा अलराउन्डर हुन् ।

गतवर्ष परागले विजय हराजे ट्रफीको क्वाटरफाइनल खेलमा झारखण्डविरुद्ध ३ सय ५१ रनको लक्ष्य ४६.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्न १ सय १६ बलमा १२ चौका र १२ छक्कासहित १ सय ७४ रनको इनिङ खेलेका थिए । राजस्थान रोयल्सबाट उनले फिनिसरको भूमिका निर्वाह गर्दै आएका छन् ।

पन्जाब किंग्सबाट आइपिएल खेल्ल्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रभशिम्रन सिंह पनि छन् । उनले यस सिजनको आइपिएलमा दिल्ली क्यापिटल्सविरुद्ध १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । राजस्थान रोयल्सबाट फिनिसरको रुपमा खेल्ने ध्रुब जुरेल पनि टोलीमा छन् ।

कोलकाताबाट आइपिएल खेलि सकेका तीव्र गतिका बलर हर्षित राना, युवा खेलाडी आकाश सिंह र निशान्त सुन्धु जस्ता बलर छन् । चेन्नई सुपर किंग्समा रहेका तीव्र गतिका बलर राजवर्धन हंगागेकार अर्का युवा हतियार हुन् ।

भारतीय टोली युवा छ । तर पनि यू१९, भारत ए र आइपिएल र घरेलु क्रिकेटका कारण राम्रो अनुभव बटुलेका खेलाडी छन् ।

भारत ए को टोली :

साई सुदर्शन, अभिषेक शर्मा (उपकप्तान), निकिन जोन्स, प्रदोश रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभशिम्रन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह दोदिया, हर्षित राना, आकाश सिंह, नितेश कुमार रेड्डी र राजवर्धन हांगगेकार ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.