default_image

2 years ago

July 17, 2023

नेपालले आज भारतसँग खेल्दै

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा आज भारत ए सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २: १५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

यो युवा खेलाडीलाई मौका दिने राम्रो अवसर हुँदा नेपालले टोलीमा केहि परिवर्तन गर्ने सम्भावना छ । नेपालले भीम सार्कीको स्थानमा युवा ब्याटर देव खनाललाई मौका दिनसक्छ । नेपाली ब्याटिङको भविष्य मानिएका देव खनाल गतवर्ष भदौपछि नेपाली टोलीमा छैनन् ।

नेपालबाट १० ओडिआई खेलमा दुई अर्धशतक प्रहार गरि सकेका देव पनि अवसरको पर्खाईमा छन् । त्यस्तै नेपालले पवन सरार्फको स्थानमा श्याम ढकाल र सूर्य तामाङ मध्य एकलाई खेलाउन सक्छ । यी दुई स्पिनर अवसरको पर्खाईमा छन् ।

प्रतिश जि.सीको स्थानमा किशोर महतोलाई मौका दिनसक्छ । किशोर नेपाली क्रिकेटमा डेथ ओभरमा ठूलो आशा गरेका बलर हुन् । तर उनले मौका भने पाउन सकेका छैनन् । टोलीमा अन्य परिवर्तनको भने सम्भावना कम छ ।

नेपाली ब्याटर विश्वकप छनोटदेखी सर्ट बलमा निरिह जस्तै बन्दै आएका छन् । पाकिस्तानका दुई तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहनवाज दाहानीले नेपालको ब्याटिङ धरासयी बनाएका थिए ।

दाहानीले ५ र जुनियरले ४ विकेट लिएका थिए । उक्त खेलमा सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । सर्टबल नेपाली ब्याटरले राम्रोसँग खेल्न सकेमात्रै जितको आधार तय गर्न सक्छन् ।

नेपाल शीर्षक्रमका ब्याटर कुशल भुर्तेल, आसिफ शेख र अर्जुन साउदबाट उत्कृष्ट सुरुवात चाहन्छ । शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न पनि सहज हुन्छ । कप्तान रोहित पौडेल ठूलो इनिङको पर्खाईमा छन् । देव खनाल, गुलशन झा र सोमपाल कामीले तल्लोक्रम सम्हाल्नु पर्ने हुन्छ ।

देवलाई तेस्रो नम्बरमा खेलाएर अर्जुन साउदलाई फिनिसरमा पनि खेलाउन सक्छ । तीव्र गतिको बलरमा गुलशन, सोमपाल र किशोर हुनसक्छन् । स्पिनमा ललितलाई श्याम ढकालले मौका दिन सक्छन् ।

उता भारतीय यू-२३ टोलीमा युवा स्टारको बाहुल्यता छ । रणजी, भारतको यू१९, भारत ए र आइपिएलमा सानदार प्रदर्शन गरेका युवा खेलाडी छन् । भारतीय क्रिकेटको भविष्य मानिएको यश धुल, ध्रुव जुरेल, साइ सुदर्शन, रियान पराग, प्रभशिम्रन सिंह जस्ता युवा सुपरस्टार खेलाडी छन् ।

कप्तान धुलले युएई ए विरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेल्दै ८ विकेटको सहज जित दिलाएका थिए । २०२२ मा भारतले यू–१९ विश्वकप जित्दा धुलले उत्कृष्ट कप्तानी प्रदर्शन गरेका थिए । सेमिफाइनलमा अष्ट्रेलियालाई हराउन उनले १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

यस सिजनको आइपिएलमा सानदार प्रदर्शन गरेका साई सुदर्शन अर्का युवा ब्याटर हुन् । सुदर्शनले फाइनलमा चेन्नई सुपर सिक्सविरुद्ध ९६ रनको यादगार इनिङ खेलेका थिए । उनी बायाँ हाते ओपनिङ ब्याटर हुन् । उनले लगातार घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

युवा अलराउन्डर अभिषेक शर्मासँग २० प्रथम श्रेणी, ३९ लिष्ट ए र ७८ टि२० खेलको अनुभव छ । अभिषेक कुनैपनि भूमिकामा खेल्न सक्छन् । भारतको टोलीमा मध्यक्रममा २२ वर्षीय युवा ब्याटर निकिन जोन्स खेल्नेछन् । एक महिना अघि कर्नाटकाबाट उनले नामिबियाविरुद्ध पाँच एकदिवसीय अभ्यास खेलको सिरिजमा ५६, १०३, १०१, ५६ र ६१ रनको इनिङ खेलेका थिए ।

पन्जाब किंग्सबाट आइपिएल खेल्ल्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रभशिम्रन सिंह पनि छन् । उनले यस सिजनको आइपिएलमा दिल्ली क्यापिटल्सविरुद्ध १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

कोलकाताबाट आइपिएल खेलि सकेका तीव्र गतिका बलर हर्षित राना, युवा खेलाडी आकाश सिंह र निशान्त सुन्धु जस्ता बलर छन् । चेन्नई सुपर किंग्समा रहेका तीव्र गतिका बलर राजवर्धन हंगागेकार अर्का युवा हतियार हुन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

भारत ए को टोली :

साई सुदर्शन, अभिषेक शर्मा (उपकप्तान), निकिन जोन्स, प्रदोश रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभशिम्रन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह दोदिया, हर्षित राना, आकाश सिंह, नितेश कुमार रेड्डी र राजवर्धन हांगगेकार ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.