default_image

2 years ago

July 17, 2023

बंगलादेशलाई सिरिज उपाधि, सकिब सर्वोत्कृष्ट

338 views

0 Bookmark

एजेन्सी – घरेलु टोली बंगलादेशले दोस्रो टि२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । दुई खेलको सिरिजमा बंगलादेशले क्लिनस्वीप गरेको हो ।

जितको लागि १ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बंगलादेशले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका लिटन दासले ३६ बलमा ६ चौकासहित सर्वाधिक ३५ रनको योगदान दिए ।

अफिफ हुसैन २० बलमा २ छक्कासहित २४, नाज्मुल हसन सान्टो ४ र तोवहिद हृदोयले १९ रन बनाए । सकिब अल हसन ११ बलमा १ चौका र १ छक्कासहित २८ रनमा आउट भए । अफगानिस्तानका मुजिब उर रहमान र आजमतुल्लाह ओमरजाईले समान दुई विकेट लिए ।

त्यसअघि वर्षाले प्रभावित खेलमा अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले २५, करिम जन्नत २० र इब्राहिम जद्रान २२ रनमा आउट भए ।


बंगलादेशका तस्किन अहमदले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमान र सकिब अल हसनले समान दुई विकेट लिए । पहिलो खेलमा बंगलादेश २ विकेटले विजयी भएको थियो । कप्तान सकिब अल हसन सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ३७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.