2 years ago
July 17, 2023
एजेन्सी – घरेलु टोली बंगलादेशले दोस्रो टि२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । दुई खेलको सिरिजमा बंगलादेशले क्लिनस्वीप गरेको हो ।

जितको लागि १ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बंगलादेशले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका लिटन दासले ३६ बलमा ६ चौकासहित सर्वाधिक ३५ रनको योगदान दिए ।
अफिफ हुसैन २० बलमा २ छक्कासहित २४, नाज्मुल हसन सान्टो ४ र तोवहिद हृदोयले १९ रन बनाए । सकिब अल हसन ११ बलमा १ चौका र १ छक्कासहित २८ रनमा आउट भए । अफगानिस्तानका मुजिब उर रहमान र आजमतुल्लाह ओमरजाईले समान दुई विकेट लिए ।
त्यसअघि वर्षाले प्रभावित खेलमा अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले २५, करिम जन्नत २० र इब्राहिम जद्रान २२ रनमा आउट भए ।
बंगलादेशका तस्किन अहमदले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमान र सकिब अल हसनले समान दुई विकेट लिए । पहिलो खेलमा बंगलादेश २ विकेटले विजयी भएको थियो । कप्तान सकिब अल हसन सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ३७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]