default_image

2 years ago

July 17, 2023

श्रीलंकाको सानदार पूनरागमन

247 views

0 Bookmark

एजेन्सी – घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा पाकिस्तानविरुद्ध सानदार पूनरागमन गरेको छ । वर्षाले प्रभावित पहिलो दिन श्रीलंका ६५.४ ओभरमा २४२/६ को अवस्थामा छ ।

श्रीलंका धनन्जय डि सिल्भा १ सय ५७ बलमा १० चौका र ३ छक्कासहित ९४ रनमा नटआउट छन् । शाहिन शाह अफ्रिदीले सानदार सुरुवात दिलाएपछि गाले इन्टरनेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका एक समय ५४–४ को दयनीय अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि एन्जिलो म्याथ्युज र धनन्जय डि सिल्भाले १ सय ३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पहिलो दिन चिया अघि एन्जिलो म्याथ्युज १ सय ९ बलमा ९ चौकासहित ६४ रनमा आउट भए । उनी स्पिनर रब्बर अहमदको बलमा विकेटकिपर शरफराज अहमदबाट क्याच आउट भए ।

सदिरा समाराविक्रमा ५७ बलमा ५ चौकासहित ३६ रनमा आउट भए । त्यसअफि अफ्रिदीले ओपनर निशान मदुशकालाई ४, कप्तान दिमुथ करुणारत्नेलाई २९ र कुशल मेन्डिसलाई १२ रनमा क्याच आउट गराउँदै उत्कृष्ट उत्कृष्ट सुरुवात दिलाएका थिए । दिनेश चान्डिमाल नसिम शाहको बलमा बाबर आजमबाट १ रनमा क्याच आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक तीन विकेट लिएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.