2 years ago
July 17, 2023
एजेन्सी– मध्यक्रमका ब्याटर धनन्जय डि सल्भाको शतकमा घरेलु टोली श्रीलंकाले पाकिस्तानविरुद्ध पहिलो टेस्टको पहिलो इन्ङिसमा मध्यम योागफल बनाएको छ । श्रीलंका पहिलो इनिङमा दोस्रो दिन पहिलो सेसनमा ३ सय १२ रनमा अल आउट भयो ।

श्रीलंका धनन्जय डि सल्भाले २ सय १४ बलमा १२ चैका र ३ छक्कासहित सार्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको १० औं शतक हो । उनी तीव्र गतिका बलर नशिम शाहको बलमा शान मशुदबाट क्यााच आउट हुन पुगेका थिए ।
एक समय ५४–४ को दयानिय अबस्थामा पुगेको श्रीलंकालाई पाँचौं विकेटका लागि अनुभवी ब्याटर एन्जिलो म्याथ्युज र धनन्जय डि सिल्भाले १ सय ३१ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा पुारागमन गराएका थिए ।
एन्जिलो म्याथ्युाज १ सय ९ बलमा ९ चैका सहित ६४ रनमा स्पिनर अब्रार अहमदको बलमा विकेटकिपर शरफराज अहमदबाट क्याच आउट भए ।
सदिरा समाराविक्रमा ५७ बलमा ५ चौकासहित ३६ रनमा आउट भए । ओपनर निशान मधुशका ४, कप्तान दिमुथ करुणारत्ने २९, कुशल मेन्डिस १२ र विश्व फर्नान्डो २१ रन बनाए ।
त्यसअघि गाले इन्टरनेशनल स्टेडियममा टस हारेर बलिङको निम्तो पाएको पाकिस्तानलाई तीब्र गतीका बलर शाहिन शाहा अफ्रीदीले खेलको पहिलो दिनमै प्रमुख ३ ब्याटर आउट गर्दै सानदार सुरुवात दलाएका थिए ।
शाहिन शाहा अफ्रिदीले २४ ओभरमा ३ मेडेन सहित ८६ रन खर्चिदै ३ विकेट लिए । नशिम शाह २२ ओभरमा २ मेडेन सहित ९० रन दिएर ३ विकेट हात पारे । अब्रार अहमदले ३१.२ ओभरमा ९ मेडेन सहित ६८ रन खर्चेर ३ विकेट लिए । अगा सलमानको नाममा १ विकेट रहयो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]