2 years ago
July 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।
नेपाली ब्याटर विश्वकप छनोटदेखी सर्ट बलमा निरिह जस्तै बन्दै आएका छन् । पाकिस्तानका दुई तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहनवाज दाहानीले नेपालको ब्याटिङ धरासयी बनाएका थिए ।
दाहानीले ५ र जुनियरले ४ विकेट लिएका थिए । उक्त खेलमा सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । सर्टबल नेपाली ब्याटरले राम्रोसँग खेल्न सकेमात्रै जितको आधार तय गर्न सक्छन् ।
नेपाल शीर्षक्रमका ब्याटर कुशल भुर्तेल, आसिफ शेख र अर्जुन साउदबाट उत्कृष्ट सुरुवात चाहन्छ । शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न पनि सहज हुन्छ । कप्तान रोहित पौडेल ठूलो इनिङको पर्खाईमा छन् । देव खनाल, गुलशन झा र सोमपाल कामीले तल्लोक्रम सम्हाल्नु पर्ने हुन्छ ।
उता भारतीय यू(२३ टोलीमा युवा स्टारको बाहुल्यता छ । रणजी, भारतको यू१९, भारत ए र आइपिएलमा सानदार प्रदर्शन गरेका युवा खेलाडी छन् । भारतीय क्रिकेटको भविष्य मानिएको यश धुल, ध्रुव जुरेल, साइ सुदर्शन, रियान पराग, प्रभशिम्रन सिंह जस्ता युवा सुपरस्टार खेलाडी छन् ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]