default_image

2 years ago

July 17, 2023

नेपालले भारतविरुद्ध टस जित्यो

359 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

नेपाली ब्याटर विश्वकप छनोटदेखी सर्ट बलमा निरिह जस्तै बन्दै आएका छन् । पाकिस्तानका दुई तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहनवाज दाहानीले नेपालको ब्याटिङ धरासयी बनाएका थिए ।

दाहानीले ५ र जुनियरले ४ विकेट लिएका थिए । उक्त खेलमा सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । सर्टबल नेपाली ब्याटरले राम्रोसँग खेल्न सकेमात्रै जितको आधार तय गर्न सक्छन् ।

नेपाल शीर्षक्रमका ब्याटर कुशल भुर्तेल, आसिफ शेख र अर्जुन साउदबाट उत्कृष्ट सुरुवात चाहन्छ । शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न पनि सहज हुन्छ । कप्तान रोहित पौडेल ठूलो इनिङको पर्खाईमा छन् । देव खनाल, गुलशन झा र सोमपाल कामीले तल्लोक्रम सम्हाल्नु पर्ने हुन्छ ।

उता भारतीय यू(२३ टोलीमा युवा स्टारको बाहुल्यता छ । रणजी, भारतको यू१९, भारत ए र आइपिएलमा सानदार प्रदर्शन गरेका युवा खेलाडी छन् । भारतीय क्रिकेटको भविष्य मानिएको यश धुल, ध्रुव जुरेल, साइ सुदर्शन, रियान पराग, प्रभशिम्रन सिंह जस्ता युवा सुपरस्टार खेलाडी छन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.