2 years ago
July 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध दुबै ओपनरलाई गुमाएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ ।

नेपालका देव खनाल १५ बलमा ३ चौकासहित १३ र रोहित पौडेल क्रिजमा छन् । नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर धु्रब जुरेलबाट क्याच आउट भए । आसिफले १५ बलमा १ चौकासहित ७ रनमा आउट भए । राजवर्धन चेन्नई सुपर किंग्स र हर्षित कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्ने गर्दछन् ।
नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ । नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]