2 years ago
July 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । रोहितले ६४ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ रोजेको नेपालले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । रोहित ६७ बलमा ६ चौकासहित ५० रनमा क्रिजमा छन् । उनलाई गुलशन झाले ११ बलमा १ छक्कासहित १२ रनमा साथ दिएका छन् ।
एक समय १० ओभरमा ३७-५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे । त्यसअघि नेपालको सुरुवात भने सम्झन लायक थिएन ।
नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर धु्रब जुरेलबाट क्याच आउट भए । आसिफले १५ बलमा १ चौकासहित ७ रनमा आउट भए ।
राजवर्धनको बलमा एज लागेर स्लिपमा रियान परागबाट १५ रनमा क्याच आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे । भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५-४ को खराब अवस्थामा पुगेको थियो ।
राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट भए ।
राजवर्धन चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्ने गर्दछन् ।
धोनीले आफ्नो कप्तानीमा उनलाई दुई वर्षदेखी चेन्नईमा तयार पारेका छन् । हर्षित कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्ने गर्दछन् । यी दुई युवा स्टार सामु नेपाली शीर्षक्रम ब्याटर निरिह बनेका छन् ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]