2 years ago
July 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । रोहितले ६४ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ रोजेको नेपालले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । रोहित ६७ बलमा ६ चौकासहित ५० रनमा क्रिजमा छन् । उनलाई गुलशन झाले ११ बलमा १ छक्कासहित १२ रनमा साथ दिएका छन् ।
एक समय १० ओभरमा ३७-५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे । त्यसअघि नेपालको सुरुवात भने सम्झन लायक थिएन ।
नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर धु्रब जुरेलबाट क्याच आउट भए । आसिफले १५ बलमा १ चौकासहित ७ रनमा आउट भए ।
राजवर्धनको बलमा एज लागेर स्लिपमा रियान परागबाट १५ रनमा क्याच आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे । भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५-४ को खराब अवस्थामा पुगेको थियो ।
राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट भए ।
राजवर्धन चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्ने गर्दछन् ।
धोनीले आफ्नो कप्तानीमा उनलाई दुई वर्षदेखी चेन्नईमा तयार पारेका छन् । हर्षित कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्ने गर्दछन् । यी दुई युवा स्टार सामु नेपाली शीर्षक्रम ब्याटर निरिह बनेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]