default_image

2 years ago

July 17, 2023

रोहित र गुलशनले बचाए भारत सामु नेपालको साख

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले एसिसी इमर्जिङ कपमा भारत ए लाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । रोहित स्पिनर निशान्त सिन्धुको बलमा कट विहाइन्ड हुँदै विकेटकिपर ध्रुब जुरेलबाट समातिन पुगे । रोहित आउट हुँदा नेपाल ३३.२ ओभरमा १४४(७ को अवस्थामा थियो ।

गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए । एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गरेका थिए ।

त्यसअघि नेपालको प्रदर्शन सम्झन लायक थिएन । एक समय १० ओभरमा ३७-५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे ।

नेपालको शीर्षक्रम ब्याटिङ पुन तीव्र गतिका बलर सामु निरिह बन्यो । तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गर्दै शून्यमा पेभेर्लिएन फर्काएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर धु्रब जुरेलबाट ७ रनमा समातिन पुगे । देव खनाल टप एज लागेर अभिषेक शर्माबाट १५ रनमा क्याच आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे ।

भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५-४ को खराब अवस्थामा पुगेको थियो । राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट भए ।

पवन सरार्फ ६ रनमै आउट भए । भारतका राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.