2 years ago
July 17, 2023
एजेन्सी – छिमेकी टोली भारत ए ले एसिसी इमर्जिङ एसिया कपमा नेपालमाथि ९ विकेटको सहज जित हात पारेको छ । भारतसँग पराजित भएसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान रोहित पौडेलको बलमा ठूलो सट खेल्ने धुनमा अभिषेक लङअनमा कुशल मल्लबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।
पहिलो विकेटका लागि ओपनर साई सुदर्शन र अभिषेक शर्माले १९ ओभरमा १ सय ३९ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए ।
साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । त्यस्तै ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।
त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल मात्रै ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । पहिलो खेलमा नेपालका शीर्ष ६ ब्याटरको सम्झन लायक प्रदर्शन थिएन । दोस्रो खेलमा पनि त्यहिँ प्रदर्शनले निरन्तरता पायो । कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।

गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए । एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गर्दै सम्मानजक योगफलमा पुर्याएका थिए ।
नेपालको शीर्षक्रम ब्याटिङ पुन तीव्र गतिका बलर सामु निरिह बन्यो । कोलकाताबाट आइपिएल खेलि सकेका तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गर्दै शून्यमा पेभेर्लिएन फर्काएका थिए ।
चेन्नई सुपर किंग्सका युवा स्टार तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर ध्रुब जुरेलबाट ७ रनमा समातिन पुगे । देव खनाल टप एज लागेर अभिषेक शर्माबाट १५ रनमा क्याच आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे ।
भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५-४ को खराब अवस्थामा पुगेको थियो । राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट हुन पुगेका थिए ।

एक समय १० ओभरमा ३७-५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे । खराब प्रदर्शनका कारण आलोचनामा पर्दै आएका पवन सरार्फ दोस्रो खेलमा ६ रनमा आउट भए ।
भारतका स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए ।
हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । नेपालले अन्तिम खेल धुबबार युएई ए सँग खेल्नेछ । भारत २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।
पाकिस्तान २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छन् । समूह बी बाट भारत र पाकिस्तान दुबै सेमिफाइनलमा पुगेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]