default_image

2 years ago

July 18, 2023

युएईको दोस्रो रोजाईको टोलीविरुद्ध दबाबमा नेपाल

391 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल बुधबार युएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०: १५ मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँगा ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

युएईले पहिलो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ । तर पावर प्लेमा भारत र पाकिस्तानविरुद्ध नेपालले भन्दा युएईले राम्रो सुरुवात गरेका थिए । नेपाल भारतसँग सुरुवाती १० ओभरमा ३७–५ को अवस्थामा थियो ।

युएई भारतविरुद्ध सुरुवाती १० ओभरमा ४८–२ को अवस्थामा थियो । पाकिस्तानविरुद्ध नेपाल सुरुवाती १० ओभरमा ४३–६ को अवस्थामा थियो । युएईले पाकिस्तानविरुद्ध सुरुवाती १० ओभरमा कुनै विकेट नगुमाई ५२ रन जोेडेको थियो ।

युएई ए लाई भन्दा नेपाललाई बढी दबाब हुनेछ । युएईको सिनियर टोलीले नेपालसँग पछिल्लो समय लगातार हार्दै आएको छ । त्यसैले उनीहरुलाई नेपालसँग हार्नु कुनै आश्चर्य हुनेछैन । तर यदि युएई ए ले नेपाललाई हराउँछ भने त्यो उनीहरुको लागि ठूलो उपलब्धी हुनेछ ।

युएई ए को लक्ष्य पनि नेपाललाई नै हराउने हुनेछ । नेपाललाई साखको हिसाबमा पनि जित्नुपर्ने दबाब हुनेछ । युवा खेलाडी नेपालविरुद्ध सानदार प्रदर्शनका साथ सिनियर टोलीमा स्थान बनाउने उर्जाका साथ मैदान उत्रनेछन् ।

युएईले पुरै नयाँ टोलीलाई पठाएकोछ । उनीहरुलाई गुमाउनु केहि छैन । सिक्ने मात्रै हुनेछ । ओपनर अर्यांश शर्मा, जोनाथन फिगी, एथान डि सोल्झा, अश्वन्त वल्थापा र अली नासिर सिनियर टोलीबाट खेलेका खेलाडी हुन् । अर्यांश, सोल्झा र अली नासिर ठूलो सम्भावना भएका युवा खेलाडी हुन् । यी तीन खेलाडीमाथि उत्कृष्ट प्रदर्शनको जिम्मेवारी हुनेछ ।

तीव्र गतिका बलर मोहम्मद जवादुल्लाह, सन्चित शर्मा र मतिउल्लाह खान सिनियर टोलीबाट खेलि सकेका छन् । विश्वकप छनोटमा जिम्बावेमा युएईविरुद्ध नेपाललाई ६३–६ को दयनीय अवस्थामा पुर्याउन मोहम्मद जवादुल्लाहले तीन विकेट लिएका थिए । युएईको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । सन्चित, अली नासिर र मोहममद जवादुल्लाह घातक बन्न सक्छन् ।

सर्ट बल नेपाली ब्याटरको पछिल्लो समय ठूलो कमजोरी बनेको छ । भारत र पाकिस्तानविरुद्ध खराब सुरुवातको मुख्य कारण नै त्यहिँ थियो । युएईका बलरले त्यो कमजोरीको फाइदा उठाउन खोज्नेछन् ।

लेग स्पिनर आदित्य सिठ्ठी नेपाली ब्याटरलाई टाउको दुखाईको बलर बन्न सक्छन् । सर्ट र बाउन्सर बलमा राम्रो गर्न सकेमात्रै नेपालले बलियो योगफल तयार पार्न सक्छ । अन्यथा युएई एसँग नेपालले संघर्ष गर्दै खराब प्रदर्शन नगर्ला भन्न सकिदैन ।

नेपालले अन्तिम खेलमा बेन्चमा रहेका खेलाडीलाई मौका दिनसक्छ । सन्दीप जोरालाई पवन सरार्फको स्थानमा खेलाउन सक्छ । पवन सरार्फ सुरुवाती दुई खेलमा १ र ६ रनमा आउट भएका थिए । युवा ब्याटर सन्दीप जोरालाई फिनिसरको भूमिका दिनसक्छ ।

नेपालले ललितनारायण राजवंशीको स्थानमा सूर्य तामाङलाई मौका दिनसक्ने सम्भावना रहन्छ । आसिफ शेखको स्थानमा अर्जुन साउदलाई खेलाउने देखिन्छ ।

पहिलो खेलमा सोमपाल कामीले ७५ रन बनाउँदै नेपालको साख जोगाएका थिए । दोस्रो खेलमा रोहित पौडेलले अर्धशतकीय इनिङ खेलेका थिए । नेपालको पावर प्ले नै सम्झन लायक छैन । त्यसैले शीर्षक्रमका ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ ।

ओपनर आसिफ शेख, कुशल भुर्तेल र रोहित मध्य एक ब्याटरले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । नेपाली ब्याटरले स्पिनरविरुद्ध राम्रो प्रदर्शन गरेका छन् । तर तीव्र गतिका बलरविरुद्ध प्रदर्शन राम्रो छैन । त्यसैले पावर प्लेमा नेपालले कम्तिमा विकेट नगुमाई रन जोड्नुपर्ने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.