2 years ago
July 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज युएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः १५ मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ । नेपालको यो अन्तिम खेल हो ।

भारत र पाकिस्तान ए सँग लगातार हारका साथ सेमिफाइनल सम्भावना सकाएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १ सय ७९ र भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो ।
नेपाल भारतसँग सुरुवाती १० ओभरमा ३७–५ को अवस्थामा थियो । पाकिस्तानविरुद्ध नेपाल सुरुवाती १० ओभरमा ४३–६ को अवस्थामा थियो । पाकिस्तानविरुद्ध सोमपाल कामीले ७५ र भारतविरुद्ध रोहित पौडेलले ६५ रन बनाउँदै नेपालको साख जोगाएका थिए ।
तर युएईविरुद्ध नेपालबाट उत्कृष्ट ब्याटिङको अपेक्षा गरेको थियो । युएईले पहिलो रोजाईको टोली पठाएको छैन । आफ्नो दोस्रो र नयाँ रोजाईका खेलाडी पठाएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँगा ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।
युएई ए लाई जितको कुनै दबाब छैन । पछिल्लो समय सिनियर टोलीेले नेपालसँग लगातार हार्दै आएको छ । दबाब नेपाललाई हुनेछ ।
दोस्रो रोजाईको टोलीलाई हराउन बाहेक अन्य कुनै विकल्प हुनेछैन । नेपालले आजको खेलमा आसिफ शेखलाई बेन्चमा राखेर अर्जुन साउदलाई मौका दिनसक्छ ।

अर्जुन आक्रामक ब्याटिङको क्षमता राख्छन् । नेपालले पवन सरार्फको स्थानमा सन्दीप जोरालाई मौका दिने सम्भावना देखिन्छ । पवनले सुरुवाती दुई खेलमा १ र ६ रन बनाएका छन् । सन्दीप जोरा फिनिसरको रुपमा खेल्नेछन् । नेपालले भीम सार्कीको स्थानमा प्रतिश जि.सीलाई मौका दिनसक्छ । स्पिनर ललित नारायण राजवंशीको स्थानमा सूर्य तामाङलाई मौका दिनसक्छ ।
युएईको ए टोली र नेपालको लागि यो खेल प्रतिष्ठाको लडाई हुँदा आफ्ना बेन्चका सबै खेलाडीलाई मौका दिने सम्भावना देखिन्छ । नेपालका ओपनर कुशल भुर्तेल र अर्जुन साउदले राम्रो सुरुवात दिलाउनु पर्ने हुन्छ ।
कम्तिमा पावर प्लेमा विकेट गुमाउनु हुँदैन । तेस्रो नम्बरमा देव खनाल हुनेछन् । क्लासिक सटले चर्चित युवा ब्याटर देवबाट नेपाल ठूलो इनिङ चाहन्छ । उनलाई टोलीमा स्थान बनाई राख्न त्यो आवश्यक छ । कप्तान रोहितबाट नेपाली कप्तानी प्रदर्शन चाहन्छ ।

कुशल मल्लबाट नेपाल उत्कृष्ट फिनिसिङको प्रतिक्षामा छ । कुशल चलेको खण्डमा एक्लै जित दिलाउन सक्ने खुबी राख्छन् । सन्दीप जोराले छैटौं नम्बरमा खेल्नेछन् ।
सोमपाल कामी र गुलशन झा सातौं र आठौं नम्बरमा खेल्नेछन् । नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको थियो । सोमपाल, किशोर र प्रतिश तीव्र गतिको आक्रामण सम्हाल्न सक्छन् ।
नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सर्ट र बाउन्सर बल खेल्न सक्नुपर्छ । नेपालले पछिल्लो समय सर्ट र बाउन्सर बल सामु निरिह भएको छ । नेपाली ब्याटरको लागि ठूलो चिन्ता र समस्या बनेको छ ।
युएईका तीव्र गतिका बलरमा मोहम्मद जवादुल्लाह, सन्चित शर्मा, मतिउल्लाह खान र नासिर अली छन् । यी चारै खेलाडी पछिल्लो समय सिनियर टोलीबाट खेलेका छन् ।

अघिल्लो महिना विश्वकप छनोटमा जिम्बावेमा नेपाललाई ६३–६ को दयनीय अवस्थामा पुर्याउन मोहम्मद जवादुल्लाहले सानदार प्रदर्शन गर्दै तीन विकेट लिएका थिए । युएईको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ ।
सन्चित, अली नासिर र मोहममद जवादुल्लाह घातक बन्न सक्छन् । उनीहरु पनि सर्ट र बाउन्सर बलको प्रयास गर्ने पक्कापक्की छ । नेपालको कमजोरी सबैले राम्रोसँग बुझेका छन् ।
ओपनर अर्यांश शर्मा, जोनाथन फिगी, एथान डि सोल्झा, अश्वन्त वल्थापा र अली नासिर सिनियर टोलीबाट खेलेका खेलाडी हुन् । अर्यांश, सोल्झा र अली नासिर नेपाललाई स्तब्ध पार्न सक्ने खुबी भएका युवा ब्याटर हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]