2 years ago
July 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध प्लेइङ ११ चा चार परिवर्तन गरेको छ । नेपालले टस हारेर पहिला फिल्डिङ गर्दैछ । नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गर्ने निर्णय लिएको छ ।

नेपालले भारतसँगको खेलबाट सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले प्रतिश जि.सी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई आजको खेलमा मैदान उतार्ने भएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँगा ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ ।
नेपालको प्लेइङ ११ ः
कुशल भुर्तेल, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, श्याम ढकाल, प्रतिश जि.सी, किशोर महतो र सन्दीप जोरा
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]