default_image

11 months ago

July 19, 2023

कुशल भुर्तेलको लेग स्पिनमा युएईको ब्याटिङ धरासयी

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर कुशल भुर्तेलको सानदार बलिङमा नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए लाई संकटमा पुर्याएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ ।

युएईलाई ओपनर अर्यांश शर्मा र लवप्रीत सिंहले पहिलो विकेटका लागि १०.४ ओभरमा ३९ रनको साझेदारी गरेका थिए । स्पिनर कुशल मल्लको बलमा अर्यांश शर्मा १४ रनमा पवन सरार्फबाट क्याच आउट भए ।

पवन सराफले अंश टन्डनलाई ३ रनमा एलबीडब्लू आउट गरे । लवप्रीत र एथान डि सोल्झाले ४४ रनको साझेदारी गरेका थिए ।

लेग स्पिनर कुशल भुर्तेलको बलमा स्वीप खेल्ने धुनमा सोल्झा १८ रनमा एलबीडब्लू आउट भए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

युएईका ओपनर लवप्रीत सिंह ८२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा क्याच आउट भए । लेगस्पिनर कुशल भुर्तेलको बलमा उनी डीप मिडविकेटबाट सन्दीप जोराबाट क्याच आउट भए ।

कुशल भुर्तेलको फवाद नवाज ४ रनमा विकेटकिपर स्टम्पिङ आउट भए । विकेटकिपर अर्जुन साउदले उत्कृष्ट स्टम्पिङ आउट गर्दै पेभेलिएन फर्काएका थिए ।

कुशल भुर्तेलकै बलमा कप्तान तथा प्रमुख ब्याटर अली नासिर एक रनमा कट एण्ड बोल्ड आउट भएपछि युएई संकटमा पुगेको छ । कुशल भुर्तेलले ५ ओभरमा २५ रन खर्चेर ४ विकेट लिएका छन् ।

June 15, 2024

१ रनले हारेसँगै नेपाल विश्वकपबाट बाहिरियो

किङ्गसटाउन (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा […]

June 15, 2024

नेपाललाई १ सय १६ रनको विजय लक्ष्य

किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो । नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो […]

June 15, 2024

दीपेन्द्रले तेस्रो विकेट लिए

किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ निरन्तरता दिइरहेको छ । दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदा दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षेतिमा ९७ रन बनाएको छ । दीपेन्द्रले डेभिड मिलरलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए । त्यसअघि दीपेनद्रले सर्वाधिक ४३ रन बनाएका हेन्रिच […]

Success

Thank you for your time.