5 months ago
July 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको तिलस्मी अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इमर्जिङ एसिया कपमा युएई ए माथि ३ विकेटको जित हात पारेको छ । नेपाल समूह बी मा ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य नेपालले २३ ओभरमा […]
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको तिलस्मी अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इमर्जिङ एसिया कपमा युएई ए माथि ३ विकेटको जित हात पारेको छ । नेपाल समूह बी मा ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । कुशल भुर्तेलले बलिङमा ६ विकेट लिएका थिए । नेपालले ओपनर अर्जुन साउदलाई इनिङकै पहिलो बलमा गुमाएको थियो ।
तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको बलमा अर्जुन एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि कुशल र देव खनालले १२.५ ओभरमा ९८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
आक्रामक ब्याटिङ गरेका भुर्तेल स्पिनर मोहम्मद फराजुदिनको बलमा डीप मिडविकेटमा फहाद नवाजबाट समातिन पुगेका थिए । देव खनाल ३८ बलमा ४ चौकासहित २४ रनमा फराजुदिनको बलमा एलबीडब्लू आउट भए । सन्दीप जोरा १५ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाउँदै क्याच आउट हुन पुगे ।
कप्तान रोहित पौडेल पुन सर्ट बलको शिकार बने । मोहम्मद जवादुल्लाहको सर्ट बलमा ठूलो सट खेल्ने धुनमा रोहित मिडअफमा ९ रनमा अर्यांश शर्माबाट समातिन पुगे । गुलशन झा ११ रनमा स्टम्पिङ आउट भए ।
प्रतिश जि.सीले लगातार दुई चौका हान्दै खेल सकाए । लगातार खराब प्रदर्शन गर्दै आएका पवन सरार्फ डक आउट भए । युएईका स्पिनर मोहम्मद फराजुदिनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । जवादुल्लाहले दुई विकेट लिए
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । युएईलाई सस्तैमा अल आउट गर्न लेग स्पिन गर्दै कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए । कुशल नै खेलको प्लेयर अफद म्याच चुनिए । नेपालबाट सबै १० विकेट स्पिनरले लिएका थिए ।
नेपालको स्पिन आक्रामण सामु निरिह बनेको युएईको लागि सर्वाधिक रन ओपनर लवप्रीत सिंहले बनाए । उनले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
युएईलाई ओपनर अर्यांश शर्मा र लवप्रीत सिंहले पहिलो विकेटका लागि १०.४ ओभरमा ३९ रनको साझेदारी गरेका थिए । स्पिनर कुशल मल्लको बलमा अर्यांश शर्मा १४ रनमा पवन सरार्फबाट क्याच आउट भए । पवन सराफले अंश टन्डनलाई ३ रनमा एलबीडब्लू आउट गरे ।
लवप्रीत र एथान डि सोल्झाले ४४ रनको साझेदारी गर्दै २३.५ ओभरमा ९६(२ को बलियो अवस्थामा पुर्याएका थिए । तर त्यसपछि कुशल भुर्तेलले युएईको इनिङ पुरै ध्यवस्त पारेका थिए ।
लेग स्पिनर कुशल भुर्तेलको बलमा स्वीप खेल्ने धुनमा सोल्झा १८ रनमा एलबीडब्लू आउट भए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका ओपनर लवप्रीत सिंह भुर्तेलको बलमा उनी डीप मिडविकेटबाट सन्दीप जोराबाट क्याच आउट भए ।
दुई सेट भएका ब्याटर पेभेलिएन फर्केपछि युएईले लगातार विकेट गुमाएको थियो । कुनैपनि ब्याटरले नेपालको स्पिन आक्रामण सामु क्रिजमा धैर्यता देखाउन सकेनन् ।
कुशल भुर्तेलको फवाद नवाज ४ रनमा विकेटकिपर स्टम्पिङ आउट भए । विकेटकिपर अर्जुन साउदले उत्कृष्ट स्टम्पिङ आउट गर्दै पेभेलिएन फर्काएका थिए । त्यसपछि नेपाल खेलमा हाबी बनेको थियो । कुशल भुर्तेलकै बलमा कप्तान तथा प्रमुख ब्याटर अली नासिर एक रनमा कट एण्ड बोल्ड आउट भएपछि युएई संकटमा पुगेको छ ।
कुशलले कुनैपनि खेलमा आफ्नो क्रिकेट करिअरमा ६ विकेट लिएका हुन् । अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ र कुशल मल्लले समान एक विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ६ विकेट र दोस्रो खेलमा भारतसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपालले अव दुई महिनापछि चिनमा हुने १९ औं दक्षिण एसियाली खेलकुदको लागि तयारी गर्नेछ ।
December 6, 2023
एजेन्सी – भारतीय २३ वर्षीय युवा स्पिनर रवि विश्रोई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टि२० आई वरियता बलिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । यसै साता अष्ट्रेलियाविरुद्ध पाँच टि२० आई खेलको सिरिजमा सानदार प्रदर्शन गरेपछि विश्रोई शीर्ष स्थानमा उक्लिएका हुन् । लेग स्पिनर उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै शीर्ष स्थानमा छ । […]
December 6, 2023
एजेन्सी – पाकिस्तान कप्तान शन मसूदले वार्मअप खेलमा प्राइभ मिनिस्टर–११ विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । क्यानबेरामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले पहिलो दिनको समाप्तिमा ३२४–६ को अवस्थामा छ । पहिलो पटक पाकिस्तानको कप्तानी गरेका उनी २ सय ३५ बलमा १३ चौका र १ छक्कासहित १ सय ५६ रनमा क्रिजमा छन् । पूर्व कप्तान […]
December 6, 2023
एजेन्सी – क्रिकेटमा समय समयमा रोचक घटनाहरु घट्ने गर्दछन् । ढाकामा जारी बंगलादेश र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट खेलको क्रममा एक रोचक घटना घटेकोछ । ढाकामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले कमजोर ब्याटिङ गरेको छ । त्यसैक्रममा मध्यक्रमका प्रमुख ब्याटर मुश्फिकुर रहिम बल समाउन खोज्दा आउट हुन पुगेका छन् । तीव्र गतिका बलर काइल जेमिसनको […]