2 years ago
July 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा पहिलो खेल घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको छ । एसिया कपको उद्धघाटन नै नेपाल र पाकिस्तानबीचको खेलबाट हुने भएको छ ।

नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४ ) मा हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन् । सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् ।
सुपर फोरमा शीर्ष दुईमा रहने दुई टोली १७ सेप्टेम्बरमा फाइनलमा भिड्नेछन् । लाहोरमा एक मात्रै सुपर फोरको खेल हुनेछन् । अन्य सबै सुपर फोर र फाइनल लाहोरमा हुनेछ । भारतले पाकिस्तान जान अस्वीकार गरेपछि खेलहरु श्रीलंकाम हुनेछन् । पाकिस्तानमा भने चार खेल मात्रै हुनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]