default_image

2 years ago

July 19, 2023

नेपाली क्रिकेटमा कुशलको दुर्लभ कीर्तिमान

349 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एसिसी इमर्जिङ कपमा युएई ए विरुद्ध अविश्वसनीय अलराउन्ड प्रदर्शनका साथ दुर्लभ कीर्तिमान बनाएका छन् । कुशल नेपाली क्रिकेट टोलीबाट एकै खेलमा ५ भन्दामाथि बढी विकेट र ५० रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

कुशलले युएई ए विरुद्ध ७१ रन बनाउनुको साथै ६ विकेट लिएका थिए । यसअघि नेपालबाट उमेर समूहमा मन्जित श्रेष्ठ र निश्चिल पाण्डेले यस सफलता हात पारेका थिए । तर सिनियर कुनैपनि प्रतियोगितामा यस सफलता हात पारेका छैनन् ।

उमेर समूहमा मन्जित श्रेष्ठले २००१ को यू-१९ कपमा माल्दिभ्स र २०१० मा यू-१६ इलिट कपमा निश्चिल पाण्डेले कुवेतविरुद्ध एकै खेलमा अर्धशतक र पाँचमाथि विकेट लिएका थिए ।

लिष्ट ए मा ५ माथि विकेट लिने उनी नेपालको पाँचौं बलर हुन् । यसअघि सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीले ओडिआईमा पाँच विकेट लिएका थिए । ओडिआईको प्रदर्शन लिष्ट ए पनि मानिन्छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईको युवा टोलीलाई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट गर्न कुशलले ६ विकेट लिए । लेग स्पिनर कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका थिए । कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रनको आक्रामक इनिङ खेलेका थिए ।

कुशल भुर्तेलको यो कुनैपनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रिकेट करिअरको उत्कृष्ट बलिङ प्रदर्शन हो । कुशलले यसअघि गतवर्ष प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबबाट मधेश प्रदेशविरुद्ध ८.३ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिएका थिए । त्यो नै कुशलको करिअरको पाँच विकेट थियो । कुशल नेपालका पार्टटाइम स्पिनर हुन् ।

लेग स्पिनर सन्दीप लामिछाने हुँदा टोलीमा बलिङ गर्ने अवसर विरलै पाउँछन् । तर सन्दीप यो पटक ग्लोबल टि२० क्यानडाको कारण छैनन् । युएई ए विरुद्ध नेपालले श्याम ढकाललाई लेग स्पिनरको रुपमा खेलाएको थियो ।

तर श्याम ढकाल (मौसम) अघि कप्तान रोहित पौडेलले कुशल भुर्तेललाई बलिङ दिने निर्णय लिएका थिए । त्यो निर्णयलाई कुशलले अविश्वसनीय रुपमा बलिङ गरेका थिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.