default_image

2 years ago

July 19, 2023

नेपाली क्रिकेटमा कुशलको दुर्लभ कीर्तिमान

352 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एसिसी इमर्जिङ कपमा युएई ए विरुद्ध अविश्वसनीय अलराउन्ड प्रदर्शनका साथ दुर्लभ कीर्तिमान बनाएका छन् । कुशल नेपाली क्रिकेट टोलीबाट एकै खेलमा ५ भन्दामाथि बढी विकेट र ५० रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

कुशलले युएई ए विरुद्ध ७१ रन बनाउनुको साथै ६ विकेट लिएका थिए । यसअघि नेपालबाट उमेर समूहमा मन्जित श्रेष्ठ र निश्चिल पाण्डेले यस सफलता हात पारेका थिए । तर सिनियर कुनैपनि प्रतियोगितामा यस सफलता हात पारेका छैनन् ।

उमेर समूहमा मन्जित श्रेष्ठले २००१ को यू-१९ कपमा माल्दिभ्स र २०१० मा यू-१६ इलिट कपमा निश्चिल पाण्डेले कुवेतविरुद्ध एकै खेलमा अर्धशतक र पाँचमाथि विकेट लिएका थिए ।

लिष्ट ए मा ५ माथि विकेट लिने उनी नेपालको पाँचौं बलर हुन् । यसअघि सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीले ओडिआईमा पाँच विकेट लिएका थिए । ओडिआईको प्रदर्शन लिष्ट ए पनि मानिन्छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईको युवा टोलीलाई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट गर्न कुशलले ६ विकेट लिए । लेग स्पिनर कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका थिए । कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रनको आक्रामक इनिङ खेलेका थिए ।

कुशल भुर्तेलको यो कुनैपनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रिकेट करिअरको उत्कृष्ट बलिङ प्रदर्शन हो । कुशलले यसअघि गतवर्ष प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबबाट मधेश प्रदेशविरुद्ध ८.३ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिएका थिए । त्यो नै कुशलको करिअरको पाँच विकेट थियो । कुशल नेपालका पार्टटाइम स्पिनर हुन् ।

लेग स्पिनर सन्दीप लामिछाने हुँदा टोलीमा बलिङ गर्ने अवसर विरलै पाउँछन् । तर सन्दीप यो पटक ग्लोबल टि२० क्यानडाको कारण छैनन् । युएई ए विरुद्ध नेपालले श्याम ढकाललाई लेग स्पिनरको रुपमा खेलाएको थियो ।

तर श्याम ढकाल (मौसम) अघि कप्तान रोहित पौडेलले कुशल भुर्तेललाई बलिङ दिने निर्णय लिएका थिए । त्यो निर्णयलाई कुशलले अविश्वसनीय रुपमा बलिङ गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.